Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

टिकटक बन्द हाेइन नियमन गर्नुपर्छ


-नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले टिकटक बन्द नभइ नियमन गर्नुपर्ने बताएका छन् । साेमबार बसेकाे मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेपछि सत्ताकाे प्रमुख घटक कांग्रेसका केन्द्रीय सदस्य महरले सामाजिक सञ्चालनकाे नियमन आजकाे आवश्यकता भएकाे बताए ।

“लोकतान्त्रिक मुलुकमा अभिव्यक्ति स्वतन्त्रताको उच्च स्थान छ । बढ्दो सूचना प्रबिधिको विकाससंगै विचार अभिव्यक्तिका लागि सामाजिक संजाल प्रभावकारी माध्यमका रुपमा स्थापित छन् । यिनिहरुको नियमन आजको आवश्यकता हो । तर नियन्त्रण, अभिव्यक्ति स्वतन्त्रताका स्थापित अन्तर्राष्ट्रिय सीमा बिपरीत मात्र होइन हाम्रो संविधानको परिकल्पना विपरित छ, ” उनले लेखेका छन् ।

सरकारले टिकटक बन्द नभइ समग्र सामाजिक सञ्जालको उचित र प्रभावकारी नियमनमा ध्यान दिनुपर्ने महरकाे भनाइ छ । “सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न उचित र प्रभावकारीनियमन आवश्यक छ । नियमन गर्ने नाममा सामाजिक सञ्जालबन्द गरिनु गलत हो। यसरी टिकटक बन्द गरिनुकाे पछाडि सरकारको नियत के हाे भन्ने यक्षप्रश्न हाे ,” उनले भने ।


प्रकाशित मिति: २८ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?