Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

स्ववियु निर्वाचनको तयारीमा विद्यार्थी सङ्गठन


२१ फागुन, चितवन । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचनका लागि चितवनका विद्यार्थी सङ्गठनले दल दर्तासँगै आफ्नो तयारी तीव्र पारेका छन् ।

त्रिभूवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारीसँगै दल दर्ता गराएसँगै उनीहरु तयारीमा जुटेका हुन् ।

नेपाल विद्यार्थी सङ्घ चितवनका अध्यक्ष राजेश भुसालले स्ववियु निर्वाचन हुने जिल्लाका सबै क्याम्पसमा दल दर्ताको काम भइरहेको बताए।

निर्वाचनको तयारीस्वरुप सबै विद्यार्थी सङ्गठनले दल दर्ता गराइरहेका छन् । नेपाल विद्यार्थी सङ्घ जिल्लाले सबै क्याम्पसमा निर्वाचनको तयारीमा जुटेको उनको भनाइ छ ।

भुसालले भने, “एक दुई क्याम्पसमा निर्वाचन आयोग गठनको प्रक्रियामा रहेकाले केही समय लागेको छ । अन्य क्याम्पसमा दल दर्ताको काम भइरहेको छ ।” नेपाल विद्यार्थी सङ्घले आफ्ना गरेका कामका बारेमा जानकारी गराउँदै विद्यार्थीमाझ गएको उनले बताए ।

उनले भने, “निर्वाचनका लागि सबै क्याम्पसमा विद्यार्थी सङ्गठन र विद्यार्थीको सक्रियता बढेको छ ।” विद्यार्थी सङ्गठनबीच तालमेलका लागि केन्द्रमा प्रयास भइरहेको उल्लेख गर्दै उहाँले अहिले जिल्लामा सङ्गठन आआफ्नो तयारीमा लागेको जानकारी दिए । केन्द्रबाट निर्णय आएसँगै जिल्लामा पनि तालमेल हुने उनको भनाइ छ ।

नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) पनि दल दर्तासँगै निर्वाचनका लागि सक्रिय बनेको छ ।

आफ्ना गतिविधिलाई विद्यार्थी माझ पु-याउँदै सक्रियता बढाएको अध्यक्ष प्रकाश कालाखेतीले जानकारी दिए ।

जिल्लामा स्ववियु निर्वाचन हुने १३ वटै क्याम्पसमा अखिलका विद्यार्थीको सक्रियता पहिलेको तुलनामा अहिले बढ्दै गएको उनको भनाइ छ । कालाखेतीले भने, “क्याम्पस क्याम्पसमा दल दर्तासँगै निर्वाचनका विषयमा छलफल र बहस भइरहेको छ ।” छलफलबाट उम्मेदवारको टुङ्गो लगाउन क्याम्पसमा रहेको आफ्नो सङ्गठनलाई निर्देशन गरिएको उहाँले जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू क्रान्तिकारीका जिल्ला इञ्चार्ज अविनाश रम्तेलले सबै सङ्गठन निर्वाचनका लागि दल दर्तामा व्यस्त भएको बताए ।

निर्वाचनको मिति नजिकिँदै जाँदा सङ्घसङ्गठनले आफ्ना कार्यक्रम विद्यार्थीमाझ केन्द्रित गर्दै लगेको उनको भनाइ छ ।

सुरुआती समयमा २०६५ सालको स्ववियु निर्वाचनमा जस्तो विद्यार्थीमा उत्साह नदेखिएको भए पनि अहिले विस्तारै निर्वाचन केन्द्रित माहोल बन्दै गएको उनले बताए ।

हरेक क्याम्पसमा आफ्ना गतिविधिलाई विद्यार्थीमाझ लैजाने काम भइरहेको छ,’ रम्तेलले भने ‘गठबन्धनको कुरा केन्द्रमा चलिरहेको उल्लेख गर्दै उनले केन्द्रको निर्देशनअनुसार आफूहरु अघि बढ्ने बताए ।

त्रिभूवन विश्वविद्यालयले जारी गरेको निर्वाचन तालिका अनुसार यही फागुन १९ गते सङ्घ, सङ्गठन दर्ता, २१ गते मतदाता सूची प्रकाशित, २५ गते मतदाता सूचीउपर दाबी विरोध र अन्तिम नामावली प्रकाशन, २६ गते प्रत्यक्ष र समानुपातिकतर्फको मनोनयन पत्र वितरण, फागुन २७ गते प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारको नामावली दाखिला, प्रत्यक्षतर्फका उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।


प्रकाशित मिति: २१ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?