Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

१४ महिनामा ६ वटा हात्ती मार्ने ३ जना पक्राउ


२१ फागुन, एजेन्सी। ताञ्जानियाको एक राष्ट्रिय निकुञ्जमा गएका १४ महिनामा ६ वटा हात्ती मरेका छन् । ती हात्ती मरेको नभएर मारिएको पाइएको छ र हात्ती मारेको आशंकामा तीन जनालाई पक्राउ पनि गरिएको छ ।

ताञ्जानियाको सो राष्ट्रिय निकुञ्जमा गएको १४ महिनाको अवधिमा छ वटा हात्ती मारिएका र त्यसयमा तस्करको हात रहेको अनुसन्धानबाट खुलेको थियो ।

सो राष्ट्रिय निकुञ्जमा सन् २०२२ को जनवरीदेखि सन् २०२३ को फेब्रुअरीसम्म ती हात्ती मारिएका थिए । सो निकुञ्जका संरक्षण अधिकृतले उक्त कुराको जानकारी दिएका हुन् । उनले गएको चौध महिनाको अवधिमा हात्ती मारिएको घटनामा संलग्न भएको आशङ्कामा तीन जना तस्करलाई पक्राउ गरिएको पनि जानकारी दिए ।

उनीहरुले प्रहरीले गत फेब्रुअरी २८ मा नियन्त्रणमा लिएको र अनुसन्धान थालेको जानकारी पनि उनले दिए । उता यहाँको प्रशासनले एकै निकुञ्जमा यति धेरै हात्ती मार्नसक्ने गरी घटना हुनुको पछाडिको अनुसन्धानका लागि पनि टोली गठन गरेको जनाएको छ ।

निकुञ्जाका हात्ती तथा अन्य जनावरको सुरक्षा र संरक्षणका लागि यहाँको वन तथा वन्यजन्तु सम्बन्धी प्रशासनले आवश्यक नीति निर्माणका लागि सबैको ध्यानाकर्षण पनि गराएको छ ।


प्रकाशित मिति: २१ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?