Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

१४ महिनामा ६ वटा हात्ती मार्ने ३ जना पक्राउ


२१ फागुन, एजेन्सी। ताञ्जानियाको एक राष्ट्रिय निकुञ्जमा गएका १४ महिनामा ६ वटा हात्ती मरेका छन् । ती हात्ती मरेको नभएर मारिएको पाइएको छ र हात्ती मारेको आशंकामा तीन जनालाई पक्राउ पनि गरिएको छ ।

ताञ्जानियाको सो राष्ट्रिय निकुञ्जमा गएको १४ महिनाको अवधिमा छ वटा हात्ती मारिएका र त्यसयमा तस्करको हात रहेको अनुसन्धानबाट खुलेको थियो ।

सो राष्ट्रिय निकुञ्जमा सन् २०२२ को जनवरीदेखि सन् २०२३ को फेब्रुअरीसम्म ती हात्ती मारिएका थिए । सो निकुञ्जका संरक्षण अधिकृतले उक्त कुराको जानकारी दिएका हुन् । उनले गएको चौध महिनाको अवधिमा हात्ती मारिएको घटनामा संलग्न भएको आशङ्कामा तीन जना तस्करलाई पक्राउ गरिएको पनि जानकारी दिए ।

उनीहरुले प्रहरीले गत फेब्रुअरी २८ मा नियन्त्रणमा लिएको र अनुसन्धान थालेको जानकारी पनि उनले दिए । उता यहाँको प्रशासनले एकै निकुञ्जमा यति धेरै हात्ती मार्नसक्ने गरी घटना हुनुको पछाडिको अनुसन्धानका लागि पनि टोली गठन गरेको जनाएको छ ।

निकुञ्जाका हात्ती तथा अन्य जनावरको सुरक्षा र संरक्षणका लागि यहाँको वन तथा वन्यजन्तु सम्बन्धी प्रशासनले आवश्यक नीति निर्माणका लागि सबैको ध्यानाकर्षण पनि गराएको छ ।


प्रकाशित मिति: २१ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?