Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

गणतन्त्रका उपलब्धि जोगाउनुपर्नेमा प्रधानमन्त्रीको जोड


२५ ,कात्तिक ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल सम्वत नै राष्ट्रिय सम्वत भएकाले सरकारको दस्ताबेजमा लेख्ने बताएका छन् ।

साहित्यकार पद्मरत्न तुलाधरको पाँचौँ स्मृति दिवसलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, “अब नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत् भनेर मात्र पुग्दैन, म पहिलोपटक प्रधानमन्त्री हुँदा नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्का रुपमा मान्यता दिएको थिए ।”

पद्मरत्न तुलाधरले नेपाल सम्वत् नै राष्ट्रिय सम्वत् भएको बताएको स्मरण गर्दै उहाँले त्यसपछि आफूले पहिलोपटक नै प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्बाट नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्का रुपमा मान्यता दिएको बताए ।

प्रधानमन्त्रीले भने, “त्यो घोषणा पनि पद्मरत्नजीसँगै बसेर गरिएको हो, अब नेपाल सम्वत् ११४४ आउँदैछ, मसँग अस्ति केही प्रतिनिधि आउनुभयो र यही नेपाल सम्वत्बारे कुरा हुँदा त्यसलाई राष्ट्रिय सम्वत् भनेर मात्रै भएन, व्यवहारमा कार्यान्वयन गर्नुपर्‍यो, अब राष्ट्रिय सम्वत् नेपाल सरकारको दस्ताबेजमा लेखिन्छ ।”

प्रधानमन्त्री दाहालले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त गणतन्त्र र लोकतन्त्रमाथि प्रहार भएको उल्लेख गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रणालीलगायत उपलब्धिको रक्षा गर्न सबैले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।


प्रकाशित मिति: २५ कार्तिक २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?