Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

प्रचण्ड देशको हीतमा उभिन सकेनन्ः एमाले महासचिव पोखरेल


२१ फागुन, काठमाडाैँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशको हीतमा उभिन नसकेको आरोप लगाएका छन् ।

सहिद यदुकुमार गौतमको २१औँ स्मृति दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेलले प्रचण्डले गठबन्धन तोडेर देशको हितमा उभिन नसकेको बताए ।

उनले जनयुद्धमा जोसँग ४० बुँदे माग राखेर आन्दोलन सुरु गर्यो उसैलाई राष्ट्रपति बनाउन समर्पित हुने भन्दै उक्त आन्दोलनको आलोचना समेत गरेका छन् ।

“जससँग माग राखेर सशस्त्र आन्दोलन सुरु गरियो, उसैलाई राष्ट्रपति बनाउन समर्पित हुने आन्दोलन,” पोखरेलले भने, “शेरबहादुर देउवासँग ४० बुँदे माग राखेर सुरु भएको सशस्त्र आन्दोलन, जसको जगमा १७ हजार मान्छेले बलिवेधीमा होमिनुपर्‍यो । त्यो आन्दोलनको गन्तव्य के रहेछ त भन्दा नेपाली कांग्रेससँगको सहकार्य ।”


प्रकाशित मिति: २१ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?