Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

प्रचण्ड देशको हीतमा उभिन सकेनन्ः एमाले महासचिव पोखरेल


२१ फागुन, काठमाडाैँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशको हीतमा उभिन नसकेको आरोप लगाएका छन् ।

सहिद यदुकुमार गौतमको २१औँ स्मृति दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेलले प्रचण्डले गठबन्धन तोडेर देशको हितमा उभिन नसकेको बताए ।

उनले जनयुद्धमा जोसँग ४० बुँदे माग राखेर आन्दोलन सुरु गर्यो उसैलाई राष्ट्रपति बनाउन समर्पित हुने भन्दै उक्त आन्दोलनको आलोचना समेत गरेका छन् ।

“जससँग माग राखेर सशस्त्र आन्दोलन सुरु गरियो, उसैलाई राष्ट्रपति बनाउन समर्पित हुने आन्दोलन,” पोखरेलले भने, “शेरबहादुर देउवासँग ४० बुँदे माग राखेर सुरु भएको सशस्त्र आन्दोलन, जसको जगमा १७ हजार मान्छेले बलिवेधीमा होमिनुपर्‍यो । त्यो आन्दोलनको गन्तव्य के रहेछ त भन्दा नेपाली कांग्रेससँगको सहकार्य ।”


प्रकाशित मिति: २१ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?