Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

रोल्पा क्रान्ति, शान्ति र निर्माणको प्रतीक : प्रधानमन्त्री


रोल्पा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पा क्रान्ति, शान्ति, निर्माण र पुनःनिर्माणको प्रतीक भएको बताएका छन् । आज रोल्पा अस्पतालको भवन उद्घाटनको क्रममा प्रधानमन्त्री दाहालले पछिल्लो परिवर्तनको मियो रोल्पा विकासका दृष्टिले पछि रहे पनि विस्तारै विकासको मूल प्रवाहमा प्रवेश गर्न लागेको बताए । हिजो पूर्वाधार, शिक्षालगायतका क्षेत्रमा पछि परेको रोल्पा अब विकासमा गति अगाडि बढेको प्रधानमन्त्री दाहालको भनाइ रहेको छ । त्यसैगरी अस्पताल भवन राम्रो र आधुनिक रहे पनि जनशक्ति र अन्य स्रोत साधनको अभाव रहेको बताउँदै जनशक्तिका लागि आफू काठमाडौं फर्केलगत्तै स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी जनशक्ति व्यवस्थापन गर्ने उनको भनाइ थियो भने प्रधानमन्त्री दाहालले आफूले चीन भ्रमणका क्रममा फलफूल र जडीबुटीसम्बन्धी परियोजनामा पनि सम्झौता भएको बताउँदै उक्त परियोजना रोल्पामा सञ्चालन गर्ने बताए । सो रोल्पा नगरपालिका–२ रेउघामा नवनिर्मित भवन ५० श्यया क्षमताको छ । आजै प्रधानमन्त्री दाहालले रोल्पाको थवाङ खोलामा नवनिर्मित पक्की पुलको पनि उद्घाटन गरे ।


प्रकाशित मिति: २४ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?