Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

माओत्सेतुङपछि देशमा शुद्धीकरण अभियान चलाउने प्रचण्ड नै हो : वर्षमान पुन


काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा पार्टीभित्र र देशमा रूपान्तरणको अभियान चलाएको बताएका छन्। रोल्पाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरू समाजवादमा जाने कोसिस गरिरहेको बताएका छन् । उनले देशमा भ्रष्टाचारविरोधी अभियान, पार्टीभित्र विशेष रूपान्तरण अभियान सिङ्गो राजनीतिक आन्दोलनको शुद्धीकरण गरेको बताए ।

उनले भने, ‘सरकार र पार्टी दुवै ठाउँमा शुद्धीकरण अभियान चलाइरहेका छौँ। पार्टीका अध्यक्ष कमरेड ‘प्रचण्ड’लाई पनि देशका सात वटा वडामा जाने गरी कार्यविभाजन गरिएको थियो । त्यही योजनामा उनी आज थवाङ आएका छन् । आफैमाथि प्रश्न उठाउने, आफैँलाई शुद्धीकरण गर्ने काम महत्त्वपूर्ण छ ।

माओत्सेतुङपछि पार्टीभित्र र देशमा शुद्धीकरण अभियान चलाउनेमा माओवादी पार्टी र अध्यक्ष प्रचण्ड नै हो।’ उनले भने, ‘रोल्पामा गुणात्मक विकास भएको छ । पहिला ५/६ गाविसमा बाटोले जोडेको थियो भने अहिले ७१ वडामा नै मोटरबाटोले छोएको छ । त्यस्तै, पहिला १०/११ वडामा बिजुली थियो, अहिले सबै वडामा पुगेको छ । गणतन्त्रअघि र गणतन्त्रपछिको विकासको तुलना गरेर हेरौँ, २५० वर्षमा नभएको विकास गणतन्त्रको पछिल्लो १५ वर्षमा भएको छ । यो आजको तथ्य हो।’


प्रकाशित मिति: २४ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?