Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

माओत्सेतुङपछि देशमा शुद्धीकरण अभियान चलाउने प्रचण्ड नै हो : वर्षमान पुन


काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा पार्टीभित्र र देशमा रूपान्तरणको अभियान चलाएको बताएका छन्। रोल्पाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरू समाजवादमा जाने कोसिस गरिरहेको बताएका छन् । उनले देशमा भ्रष्टाचारविरोधी अभियान, पार्टीभित्र विशेष रूपान्तरण अभियान सिङ्गो राजनीतिक आन्दोलनको शुद्धीकरण गरेको बताए ।

उनले भने, ‘सरकार र पार्टी दुवै ठाउँमा शुद्धीकरण अभियान चलाइरहेका छौँ। पार्टीका अध्यक्ष कमरेड ‘प्रचण्ड’लाई पनि देशका सात वटा वडामा जाने गरी कार्यविभाजन गरिएको थियो । त्यही योजनामा उनी आज थवाङ आएका छन् । आफैमाथि प्रश्न उठाउने, आफैँलाई शुद्धीकरण गर्ने काम महत्त्वपूर्ण छ ।

माओत्सेतुङपछि पार्टीभित्र र देशमा शुद्धीकरण अभियान चलाउनेमा माओवादी पार्टी र अध्यक्ष प्रचण्ड नै हो।’ उनले भने, ‘रोल्पामा गुणात्मक विकास भएको छ । पहिला ५/६ गाविसमा बाटोले जोडेको थियो भने अहिले ७१ वडामा नै मोटरबाटोले छोएको छ । त्यस्तै, पहिला १०/११ वडामा बिजुली थियो, अहिले सबै वडामा पुगेको छ । गणतन्त्रअघि र गणतन्त्रपछिको विकासको तुलना गरेर हेरौँ, २५० वर्षमा नभएको विकास गणतन्त्रको पछिल्लो १५ वर्षमा भएको छ । यो आजको तथ्य हो।’


प्रकाशित मिति: २४ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?