Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

पटाकाजन्य पदार्थ बिक्री वितरण र प्रयोग नगर्न सर्वसाधारणमा टोखा नगरपालिकाको अनुरोध


काठमाडौं। टोखा नगरपालिकाले पटाकाजन्य पदार्थको बिक्री वितरण र प्रयोग नगर्न भनेको छ । पालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बि.सी.ले सूचना निकालेर पटाकाजन्य पदार्थ खरिद बिक्री वितरण र प्रयोग गरेको पाइएमा कानून बमोजिम कारबाही हुने बताएका छन् । त्यसैगरी, चाडपर्वको बेला नगर क्षेत्र भित्र शान्ति सुव्यवस्था कायम राख्नका लागि जानकारी सहित अनुरोध गरिएको सूचनामा उल्लेख रहेको छ ।

सूचनामा भनिएको छ, ‘दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण टोखा नगरवासीहरूमा मङ्गलमय शुभकामना व्यक्त गर्दै उक्त पर्व हार्दिकताका साथ मनाउन अनुरोध गर्नुका साथै नगर क्षेत्र भित्र शान्ति सुव्यवस्था कायम राख्न पटाकाजन्य पदार्थ खरिद बिक्री वितरण र प्रयोग नगर्न र नगराउनु हुन तथा जुवातास नखेल्न र नखेलाउनु हुन सर्वसाधारणको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । अन्यथा कानून बमोजिम कारबाही हुने ब्यहोरा समेत अनुरोध छ ।’


प्रकाशित मिति: २४ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?