Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

पटाकाजन्य पदार्थ बिक्री वितरण र प्रयोग नगर्न सर्वसाधारणमा टोखा नगरपालिकाको अनुरोध


काठमाडौं। टोखा नगरपालिकाले पटाकाजन्य पदार्थको बिक्री वितरण र प्रयोग नगर्न भनेको छ । पालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बि.सी.ले सूचना निकालेर पटाकाजन्य पदार्थ खरिद बिक्री वितरण र प्रयोग गरेको पाइएमा कानून बमोजिम कारबाही हुने बताएका छन् । त्यसैगरी, चाडपर्वको बेला नगर क्षेत्र भित्र शान्ति सुव्यवस्था कायम राख्नका लागि जानकारी सहित अनुरोध गरिएको सूचनामा उल्लेख रहेको छ ।

सूचनामा भनिएको छ, ‘दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण टोखा नगरवासीहरूमा मङ्गलमय शुभकामना व्यक्त गर्दै उक्त पर्व हार्दिकताका साथ मनाउन अनुरोध गर्नुका साथै नगर क्षेत्र भित्र शान्ति सुव्यवस्था कायम राख्न पटाकाजन्य पदार्थ खरिद बिक्री वितरण र प्रयोग नगर्न र नगराउनु हुन तथा जुवातास नखेल्न र नखेलाउनु हुन सर्वसाधारणको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । अन्यथा कानून बमोजिम कारबाही हुने ब्यहोरा समेत अनुरोध छ ।’


प्रकाशित मिति: २४ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?