Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

पहिलो पटक महिलामात्रै सम्मिलित टोलीले गरे सफल अन्तर्राष्ट्रिय उडान


२१ फागुन, काठमाडाैँ। नेपाली महिलामात्रै सम्मिलित टोलीले काठमाडाैँ – युएई तर्फको उडान भरेका छन् । नेपाल वायुसेवा निगमको इतिहासमा पहिलो पटक दुई जना महिला पाइलटले सँगै उडान गरेको हो ।

पाइलट भावना पन्तले निगमको इतिहासमा पहिलो पटक यस्तो भएको बताइन्। उक्त उडानमा को – पाईलट शृजना रावत रहेकी थिइन् ।

पाइलट पन्तले महिलाहरूले मात्रै अन्तर्राष्ट्रिय उडान गर्न पाउदा आफुलाई भाग्यमानी ठानेको बताइन्। उनले उनका शुभचिन्तकहरु प्रति धन्यवाद समेत व्यक्त गरेकी छिन् ।

गैरआवासीय नेपाल संघ (यूएई) ले उनीहरूलाई विमान युएई विमान स्थलमा पुगेपछि स्वागत समेत गरेको थियो । उनीहरूको स्वागतका लागि गैरआवासीय नेपाली संघको यूरोप क्षेत्रीय संयोजक मनोज गोर्खाली, एनआरएनए युएईका उपाध्यक्ष निरंजन सिलवाल र शोभा शर्मा विमानस्थल पुगेका थिए ।


प्रकाशित मिति: २१ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?