Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

पहिलो पटक महिलामात्रै सम्मिलित टोलीले गरे सफल अन्तर्राष्ट्रिय उडान


२१ फागुन, काठमाडाैँ। नेपाली महिलामात्रै सम्मिलित टोलीले काठमाडाैँ – युएई तर्फको उडान भरेका छन् । नेपाल वायुसेवा निगमको इतिहासमा पहिलो पटक दुई जना महिला पाइलटले सँगै उडान गरेको हो ।

पाइलट भावना पन्तले निगमको इतिहासमा पहिलो पटक यस्तो भएको बताइन्। उक्त उडानमा को – पाईलट शृजना रावत रहेकी थिइन् ।

पाइलट पन्तले महिलाहरूले मात्रै अन्तर्राष्ट्रिय उडान गर्न पाउदा आफुलाई भाग्यमानी ठानेको बताइन्। उनले उनका शुभचिन्तकहरु प्रति धन्यवाद समेत व्यक्त गरेकी छिन् ।

गैरआवासीय नेपाल संघ (यूएई) ले उनीहरूलाई विमान युएई विमान स्थलमा पुगेपछि स्वागत समेत गरेको थियो । उनीहरूको स्वागतका लागि गैरआवासीय नेपाली संघको यूरोप क्षेत्रीय संयोजक मनोज गोर्खाली, एनआरएनए युएईका उपाध्यक्ष निरंजन सिलवाल र शोभा शर्मा विमानस्थल पुगेका थिए ।


प्रकाशित मिति: २१ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?