Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

गणतन्त्रलाई संस्थागत गर्न सबै जिम्मेवार हुनुपर्नेमा प्रधानमन्त्रीको जोड


२३ ,कात्तिक ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ द्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’ को लोकार्पण गर्दै प्रधानमन्त्रीले दस वर्षे जनयुद्ध र विस्तृत शान्ति सम्झौता मुलुकको राजनीतिक प्रक्रियाको ठूलो महत्व रहेको बताए । उनले पुनको पुस्तक ‘यात्रा जिन्दगी’ सरलता र इमानदारीको प्रतीक भएको बताए ।

प्रधानमन्त्रीले भने, ‘‘पुनको पुस्तकमा भएका कतिपय सन्दर्भहरू आजको परिस्थितिमा मेल खाँदैनन् तर उहाँले पुस्तकमा आफ्नो जीवनमा जस्तै सरलता र इमानदारी प्रस्तुत गर्नुभएको छ । उहाँ सबैलाई मिलाउन सक्ने कुशल व्यक्तित्व हो । उहाँ छलकपटरहित, मिलनसार व्यक्तित्व हुनुहुन्छ ।”

प्रधानमन्त्री दाहालले पृथ्वीनारायण शाहको एकीकरण अभियानपछि नेपालमा जनस्तरबाट गरिएको सबैभन्दा ठूलो त्याग र विद्रोह जनयुद्ध नै भएको बताए ।

‘‘पृथ्वीनारायण शाहको आधुनिक नेपाल निर्माण अभियानपछि सबैभन्दा ठूलो त्याग र विद्रोह जनयुद्ध नै थियो । त्यसैले गणतन्त्रपछि पहिलोपटक मैले नै पृथ्वी जयन्ती र जनयुद्ध दिवसमा सार्वजनिक विदाको घोषणा गरेँ । त्याग र बलिदानको कीर्तिमान एवं मुलुकको आमूल परिवर्तनमा जनयुद्धको भूमिका अद्वितीय छ । अहिले यसमाथि विभिन्न खालका बहस पनि छन् । एकदिन जनयुद्धको जीवन्त इतिहास लेखिने नै छ’ प्रधानमन्त्रीले भने ।”

घोस्ट राइटिङ नेपाल, लेखन कुञ्जद्वारा प्रकाशित उक्त पुस्तकमा जनमुक्ति सेनाको कमाण्डरदेखि उपराष्ट्रपतिसम्मका विभिन्न भोगाइ र अनुभूतिलाई प्रस्तुत गरिएको छ ।


प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?