Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना


काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै छ । आज दिउँसो देशको तराईका भूभागमा मौसम सामान्यतया सफा रहने तथा पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने मौसमविद् गोविन्द झाले जानकारी दिएका छन् । उनका अनुसार तराई भूभागमा मौसम सामान्यतया सफा रहेको र पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । अहिले काठमाडौंको वायुको तापक्रम १४ डिग्री सेन्टिग्रेड तथा पारदर्शिता छ किलोमिटरभन्दा धेरै रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौंमा अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेन्टिग्रेडका बीचमा रहने तथा काठमाडौंमा दिउँसोपछि आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसमविद् झाले बताए । त्यस्तै, आजराति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ भने कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।


प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?