Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

अमेरिकाबाट दिल्ली गइरहेको विमानमा एक यात्रुले अर्को यात्रुमाथि पिसाब फेरिदिए


२१ फागुन, एजेन्सी। विमानमा यात्रा गरिरहेका एक यात्रुमाथि अर्का यात्रुले पिसाब फेरिदिएका छन् । न्यूयोर्कबाट दिल्ली जाँदै गरेको अमेरिकन एयरलाइन्सको विमानमा एक यात्रुले अर्का यात्रुमाथि पिसाब गरेको घटना बाहिरिएको हो ।

समाचार एजेन्सी पीटीआईका अनुसार शनिबार राती दिल्ली पुगेको विमानमा उक्त घटना भएको हो ।

पीटीआई एक स्रोतलाई उद्धृत गर्दै “आरोपी अमेरिकी विश्वविद्यालयमा पढ्छन्। विद्यार्थीले मादक पदार्थ सेवन गरी सुतिरहेको बेला पिसाब गरेका थिए। यो पिसाब अर्को यात्रुमा पनि पुग्यो। चालक दलका सदस्यलाई पनि उजुरी गरिएको थियो।” भन्ने उल्लेख गरेको छ।

विमानले यस घटनालाई गम्भीर रूपमा लिएको छ । उक्त घटनाका आरोपीलाई प्रहरीलाई बुझाइएको छ। आरोपितको पहिचान भने सार्वजनिक गरिएको छैन ।

गत महिना पनि सहयात्रीले रक्सी पिएर अर्का व्यक्तिलाई पिसाब गरिदिएको घटना बाहिरिएको थियो ।


प्रकाशित मिति: २१ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?