Trending
>>   सरकारप्रति जनतामा असन्तुष्टि, आक्रोश र वितृष्णा बढ्दै गयोः मोहन वैद्य >>   मदनभण्डारी स्पोर्ट्स एकेडेमीले १८ खेलको राष्ट्रिय प्रतियोगिता गर्दै >>   सरकारले चार महिनामा दुग्ध किसानलाई १ खर्ब ३० करोड भुक्तानी ग¥योः कृषिमन्त्री अधिकारी >>   चितुवाको गतिमा अर्थतन्त्रको सुधार हुनुपर्छः चेम्बर अध्यक्ष अग्रवाल >>   स्वदेशी उद्योग पूर्ण क्षमतामा चलाउन तयारी वस्तुको आयात बन्द गर्नुपर्छः अध्यक्ष अग्रवाल >>   उद्योगसँग सम्बन्धित ऐन,कानून र नीतिहरु लगानीमैत्री बनाउँछौंः उद्योगमन्त्री भण्डारी >>   आन्तरिक तथा वाह्य लगानीको वातावरण बनाउन नीतिगत सुधार आवश्यकः अध्यक्ष ढकाल >>   आम नागरिकले प्रहरी छ भन्ने महशुस गर्न पाएका छैनन्ः मन्त्री लेखी >>   देशमै रोजगारी सिर्जना गर्न सरकारलाई काँग्रेसको सुझाव >>   अव्यवस्थित शहरीकरण नेपालको चुनौति: उपप्रधानमन्त्री सिंह
Logo
१३ मंसिर २०८१, बिहीबार
१३ मंसिर २०८१, बिहीबार

सेवा प्रवाह र शान्तिसुरक्षाबारे स्थानीय तहमा छलफल


काभ्रेपलाञ्चोक। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले स्थानीय तहमा सेवा प्रवाह र शान्तिसुरक्षाका विषयमा छलफल थालेको छ । जिल्लास्थित १३ वटै स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र स्थानीय राजनीतिक दल तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसँग नागरिकता सिफारिस तथा अन्य सेवा प्रवाह, शान्ति सुरक्षालगायत विषयमा अन्तरक्रिया गरिने जनाइएको छ । पनौती नगरपलिकामा मङ्गलबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय तह र प्रशासन कार्यालयबीचको सहकार्य र समन्वयमा सूचना संयन्त्र प्रभावकारी बनाउने, स्थानीय तहबाट गरिने सिफारिसमा एकरुपता कायम गर्ने, नागरिकता प्रदान गर्ने सम्बन्धमा भएका द्विविधालाई हटाउने र शान्तिसुरक्षा कामय गरी अपराध न्यूनीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले छलफल गरिएको जानकारी दिदै जिल्लाका अन्य स्थानीय तहमा पनि अभियानकै रुपमा यसलाई लैजाने बताए । “जिल्लाको १३ वटा तहको एक सय ३५ वडाका जनप्रतिनिधिसँग नागरिकतालगायत स्थानीय तहबाट हुने सेवा प्रवाह, सिफारिस तथा शान्तिसुरक्षाका बारेमा अन्तरक्रिया गर्दै जानेछौँ”, शर्माले भने । उनका अनुसार नागरिकले स्थानीय तहबाट ल्याउने सिफारिसबाट जिल्ला प्रशासन कार्यालयले दिने सेवामा असुविधा हुन नपाओस्, सिफारिस गर्दा नागरिकलाई हुन सक्ने असहजताको समाधानका लागि अन्तरक्रियाको आवश्यकता देखिएको हो । त्यस्तै, दोहोरो नागरिकता लिने, वंशज तथा अन्य प्रकृतिको नागरिकता लिँदा विवरण झुटो बनाउन सक्ने भएकाले स्थानीय तहबाट सिफारिस हुँदा वडाअध्यक्षहरु सचेत रहनुपर्नेमा शर्माले जोड दिए । सो कार्यक्रममा प्रशासनबाट हुने सेवा प्रवाहमा नागरिकका गुनासा, विपद् व्यवस्थापन, सेवा प्रवाह तथा अन्य विषयका बारेमा जानकारी गराइएको उनले बताए ।

पनौती नगरप्रमुख रामशरण भण्डारीले कानुन बनाउने अधिकार स्थानीय तहमा भए पनि त्यसको कार्यान्वयन जिल्ला प्रशासनले गर्ने भन्दै स्थानीय तह र प्रशासनबीचको सहकार्यले सेवा थप प्रभावकारी हुने बताए । नगर उपप्रमुख गीता बञ्जाराले नागरिकले प्रशासनबाट पाउने सेवालाई अझै सहजीकरण र सरलीकरण गर्नुपर्ने उल्लेख गर्दै स्थानीय तहबाट गरिने सिफारिस स्वार्थरहित हुनुपर्नेमा जोड दिइन् । उक्त जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भाग्यपुरुष ढकालले पनौती नगरको शान्तिसुरक्षाको अवस्थाबारे जानकारी दिँदै अपराधलगायत जुवातास नियन्त्रणमा प्रहरी प्रतिबद्ध रहेको बताए । सो छलफलमा नगरका वडाध्यक्षले नागरिकता सिफारिस गर्दाका व्यावहारिक कठिनाइका विषयमा प्रश्न गरेका थिए भने जिल्ला प्रशासन कार्यालयबाट नागरिकता सिफारिस र प्राप्तिका विभिन्न पक्षबारे प्रस्तुति गरिएको थियो ।


प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?