Trending
>>   चितुवाको गतिमा अर्थतन्त्रको सुधार हुनुपर्छः चेम्बर अध्यक्ष अग्रवाल >>   स्वदेशी उद्योग पूर्ण क्षमतामा चलाउन तयारी वस्तुको आयात बन्द गर्नुपर्छः अध्यक्ष अग्रवाल >>   उद्योगसँग सम्बन्धित ऐन,कानून र नीतिहरु लगानीमैत्री बनाउँछौंः उद्योगमन्त्री भण्डारी >>   आन्तरिक तथा वाह्य लगानीको वातावरण बनाउन नीतिगत सुधार आवश्यकः अध्यक्ष ढकाल >>   आम नागरिकले प्रहरी छ भन्ने महशुस गर्न पाएका छैनन्ः मन्त्री लेखी >>   देशमै रोजगारी सिर्जना गर्न सरकारलाई काँग्रेसको सुझाव >>   अव्यवस्थित शहरीकरण नेपालको चुनौति: उपप्रधानमन्त्री सिंह >>   सावेल प्रहारबाट एकको मृत्यु >>   सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउनुपर्नेछः स्वास्थ्यमन्त्री पौडेल >>   नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो
Logo
१३ मंसिर २०८१, बिहीबार
१३ मंसिर २०८१, बिहीबार

दीपावली र रङ्गोली दियो बजारमा


टीकापुर,कैलाली। कैलालीको टीकापुरस्थित गौशालाले दीपावलीलाई लक्षित गरेर गाईको गोबरबाट निर्माण गरिएका ‘दीपावली र रङ्गोली दियो’ बजारमा ल्याएको छ । सामुदायिक पशुचौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिले सञ्चालन गरेको गौशालाले नौ हजार दीपावली दियो र एक हजार पाँच सय रङ्गोली दियो उत्पादन गरेर बिक्री थालेको हो । उक्त उत्पादन भएका दियो बजारका पसल तथा स्थानीयले माग गरिरहेका समितिका सचिव द्वारिकाप्रसाद जोशीले जानकारी दिए । “विदेशमा रहेका नेपालीले आ–आफ्नो घरमा पुर्‍याइदिन माग गरिरहेका छन् । हामीले घरमै पुर्‍याउने गरेका छौँ”, उनले भने, “बजारमा पनि यसको माग उच्च छ । आजबाट हामीले बिक्री थालेका छौँ ।” उत्पादित सामग्रीमा ५० प्रतिशतसम्म नाफा रहेको जोशीले बताए । उनका अनुसार गौशालामा भगवानका मूर्ति, धूपबत्ती, शुभलाभ, लक्ष्मीका पाइलासमेत बिक्रीका लागि राखिएका छन् । उक्त समितिका सदस्यले तालिम लिएर गाईको संरक्षण गर्ने तथा आम्दानी पनि गर्ने उद्देश्यले गोबरबाट यी सामग्री उत्पादन थालेका जोशीले बताए। “गौशालाका केही सदस्य गाईको गोबरबाट धूपबत्ती र गोबरका विभिन्न सामग्री निर्माणबारे भारतको काशिपुर गएर तालिम लिएर आएका हुन् । यसका साथै गोबरको मल बिक्रीसमेत गर्ने गरिएको छ”, उनले भने ।

त्यसैगरी गौशालाले योसँगै नम्बरप्लेट, शुभलाभका चित्र, भगवान्का मूर्ति, प्रमाणपत्रलगायत सामग्री निर्माण थाल्नुका साथै गाई संरक्षणका लागि टीकापुरमा श्रीमद्भागवत् महायज्ञ गर्न तयारीसमेत भइरहेको गौशालाका सदस्य उपेन्द्र न्यौपानेले जानकारी दिए । उनका अनुसार मङ्सिरमा महायज्ञ सञ्चालनका लागि विभिन्न क्षेत्रका सरोकारवालासँग छलफल भइरहेको छ । “गाई संरक्षणमा हामी जागेका छौँ । गाई पाल्नका लागि स्थानीयस्तरमै आम्दानीका स्रोतको खोजी गरी आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि काम गरिरहेका छौँ”, न्यौपानेले भने, “यसमा सबैको साथ र सहयोग हुनुपर्छ । गाई संरक्षणका लागि आर्थिक जोहो गर्न महायज्ञ गर्न थालिएको हो ।” उक्त समितिले गाई संरक्षणका लागि गरेका कार्यले सबैलाई सहज हुनुका साथै किसानलाई बढी लाभ भएको स्थानीय बताउँछन् । त्यस्तै, गाई संरक्षणका साथै विभिन्न सामग्री उत्पादन गरेर युवाले गरिरहेका कार्यमा सबैको साथ आवश्यक रहेको स्थानीय शेरबहादुर विष्टको भनाइ थियो भने सामुदायिक पशुचौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिले अहिले सात सयभन्दा बढी गाई संरक्षण गरिरहेको छ ।


प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?