Trending
>>   स्काउटसम्बन्धी विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत >>   भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि संसदीय समितिमा… >>   त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने >>   काठमाण्डु गोर्खाजद्वारा नयाँ लागो सार्वजनिक >>   बेरोजगारी, अशिक्षा र गरिबीलाई सम्बोधन नगरी बेचबिखन नियन्त्रण असम्भवः सांसद गैरे >>   मानव बेचबिखनलाई नियन्त्रण गर्न सक्षम कानूनी संरचना आवश्यकः सांसद शर्मा >>   समृद्धि मुठीभर मानिसको लागि नभइ आम जनताको लागि हुनुपर्छः पूर्वराष्ट्रपति भण्डारी >>   मिसन ०८४ मा राजनीतिक दलहरुको एजेण्डा रोजगारी सिर्जना हुनुपर्छः अध्यक्ष ढकाल >>   प्रतिपक्षी बेन्चबाट उपेन्द्रको प्रश्नः भूमाफियालाई जग्गा प्रदान गरी वन फडानी गर्ने सरकारको कस्तो नीति हो… >>   वर्तमान सरकार सवैधानिक उल्लङ्घनको दुर्गन्धित नमूना होः माओवादी सांसद घर्तिमगर
Logo
८ श्रावण २०८२, बिहीबार
८ श्रावण २०८२, बिहीबार

इन्धन डिपोमा विस्फोट हुँदा मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो, ६ घण्टापछि निभाइयो आगो


२१ फागुन, एजेन्सी। जकार्ताको उत्तरी भागमा शुक्रबार राति भएको इन्धन भण्डारण विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ ।

जकार्ता डिजास्टर मिटिगेसन एजेन्सी (बीपीबीडी)का कार्यवाहक प्रमुख मुहम्मद रिदवानले घटनामा घाइते हुनेको सङ्ख्या ५१ पुगेको र तिनीहरूको हाल राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन् ।

उत्तरी जकार्ताको प्लुम्पाङस्तित सरकारी तेल कम्पनी पर्टामिनाको इन्धन भण्डारण स्टेशनमा शुक्रबार राति करिब ८ः०० बजे विस्फोट भएको थियो । सो विस्फोटनबाट स्टेसन नजिकैका बासिन्दा आगो फैलिने त्रासले घर छाडेर भागेका थिए ।

उक्त आगो निभाउन ५० भन्दाबढी दमकल र २६० भन्दाबढी अग्निनियन्त्रक खटाइएको थियो । करिब छ घण्टा लामो प्रयासपछि आगो निभाउन सफल भएको बताइएको छ ।

विस्फोटले यस क्षेत्रका १,००० भन्दाबढी बासिन्दालाई प्रत्यक्ष असर गरेको थियो । प्रभावितलाई अहिले नजिकैको अस्थायी आश्रयस्तलमा सारिएको छ । उक्त घटनामा आठ जना बेपत्ता भएको बताइएको छ । घटनामा अन्य सम्भावित पीडितको खोजी गर्न उद्धारकर्ता अझै पनि घटनास्थलमा परिचालित छन् ।


प्रकाशित मिति: २१ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?