Trending
>>   मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडक अनुगमन, दशैँअघि नै खाल्डा पुर्न निर्देशन >>   फागुन २१ मा जसरी पनि निर्वाचन सम्पन्न गराउनुछः सञ्चारमन्त्री खरेल >>   शिक्षा मन्त्रालय अन्तर्गतका विभागमा भइरहेको ढिलासुस्ति तत्काल अन्त्य गर्न मन्त्री पुनको निर्देशन >>   शहीद परिवारलाई रोजगारी दिन उद्योगीहरुलाई उद्योगमन्त्रीको आग्रह >>   मल अभावको समस्या हटाउने प्रयास गर्छुः कृषिमन्त्री परियार >>   विज्ञहरुको सुझावअनुसार काम गर्छुः शिक्षामन्त्री पुन >>   अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १ सय ३७ मुद्दा विशेष अदालतमा दायर >>   नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण (तस्बिरहरु) >>   दशैँ शुरुः राखियो जमरा >>   अमेरिकाको आपत्तिका बाबजुद बेलायतद्वारा प्यालेस्टाइन राज्यलाई मान्यता
Logo
७ आश्विन २०८२, मंगलवार
७ आश्विन २०८२, मंगलवार

मादल बनाउने पेसा सङ्कटमा


घोराही,दाङ। घोराही उपमहानगरपालिका–१४ स्वर्गद्वारी आश्रम टोल निवासी ६५ वर्षीय जुठे वादीलाई कुनै समय नयाँ मादल बनाउन र पुराना मर्मत गर्न भ्याइनभ्याइ हुन्थ्यो । अहिले तिहारको समयमा पनि सोचेअनुसारको व्यवसाय चल्न नसकेको वादीले बताए । विगतका वर्षहरुमा गाउँदेखि सहरसम्म तिहारमा भैलो खेल्नहरु मादल किन्न आउने हुँदा दैनिकी नै मादल बनाएर बित्ने गरेको र यो वर्ष तिहार नजिकिँदै गर्दा पनि हालसम्म मादल बिक्री हुन नसकेको उनले दुखेसो पोखे । केही वर्षअघि सम्म चाडपर्वको समयमा नयाँ मादल बेचेर नभ्याउने गरेको स्मरण गर्दै वादीले भने, “प्रविधिको विकाससँगै पछिल्लो समय मादलको बिक्री ह्वात्तै घटेको छ । यो वर्ष अहिलेसम्म छ÷सात मादल बिक्री भएको छ ।” साढे चार दशकभन्दा बढी समय मादल बनाएर बिक्री गर्ने पेसा गर्दै आएका उनी पछिल्लो समय बिक्री नहुँदा मादल र बाँसुरी बनाउने पेसा नै सङ्कटमा पर्छ कि भन्ने चिन्ता लाग्न थालेको उनले बताए । करिब एक दशक अघिसम्म तीज, दसैँ र तिहारलगायत चाडपर्वमा ग्राहकलाई मादल पुर्‍याउन धौधौ पर्ने बताउँदै वादीले चाडबाडमा मात्रै एक लाखसम्म आम्दानी हुने गरेकामा अहिले वर्षभरि बिक्री गर्दा पनि ५०-६० हजार नपुग्ने जानकारी दिए । त्यस्तै, प्रविधिको विकासले मानिसका हातहातमा मोबाइल आएपछि आफूहरुको मादल तथा बाँसुरी बनाउने पुर्ख्यौली पेसा नै सङ्कटमा पर्न थालेको उनलेले बताउए । “अहिले सबैका हातहातमा मोबाइल छन् ।

त्यसैबाट गीत बजाउन सकिने भएपछि तिहारमा मादलभन्दा डेग खोजेर नाच्न थालेका छन्”, उनले भन्नुने, “यसले मौलिक बाजा बजाएर रमाइलो गर्ने परम्परासँगै हाम्रो पेसासमेत सङ्कटमा परेको छ ।” गाउँघरमा जम्मा भएर नाचगान गर्नेभन्दा पनि डेगबाटै गीत बजाएर नाच्ने संस्कारको विकासले मौलिक कला संस्कृतिसँगै मादल, बाँसुरी बनाउने पेसा सङ्कटमा परेको उनको भनाइ रहेको छ । उनको जस्तै दुखेसो छ स्वर्गद्वारी टोलका ५० वर्षीय रामप्रसाद वादीको पनि रहेको छ । कुनै समय मादल बिक्री गरेर पाँचजनाको परिवार पाल्ने गरेका रामप्रसादले पछिल्लो समय घर बनाउने मिस्त्रीको काम गर्न थालेको बताउदै प्रविधिको विकासले जातीय तथा सांस्कृतिक पेसाका रुपमा रहेको मादल बनाउने पेसा नै लोप हुने अवस्थामा पुगेकामा चिन्ता व्यक्त गरे । विगत छ वर्षदेखि मादल बनाउनाका साथै फुर्सदको समयमा घर बनाउने काम गर्दै आएको रामप्रसादले जानकारी दिए । त्यसैगरी चाडपर्वसँगै सांस्कृतिक कार्यक्रमहरुमा मौलिक बाजाभन्दा बढी प्रविधिमा आधारित साउन्ड सिस्टम (डेग), हातहातमा मोबाइलले सुविधा दिन थालेपछि स्थानीय कच्चापदार्थ प्रयोग गरेर बनाइने मादल बिक्री हुन छोडेको रामप्रसादले बताए ।


प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?