Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

उद्धार गरिएको हुचिल वनमा छोडियो


२१ फागुन, धादिङ। धादिङको नौबिसेबाट उद्धार गरिएको संरक्षित पंक्षी हुचिल नीलकण्ठ नगरपालिका–८ स्थित सामुदायिक वन क्षेत्रमा छोडिएका छन् । डिभिजन वन कार्यालयले जनप्रतिनिधि, नेपाल प्रहरी र स्थानीयको रोहवरमा शनिबार ती पंक्षी वनमा छोडिदिएको हो । अवैध ढङ्गले बिक्री गर्न लागेको सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय खानीखोलाको प्रहरी टोलीले यही फागुन १६ गते नौबिसे क्षेत्रबाट हुचिलको उद्धार गरेको थियो । हुचिल बोकेर हिँड्ने मकवानपुरको थाहा नगरपालिका–१२ का रमेश स्याङ्तान र धादिङको थाक्रे गाउँपालिका वडा नं ५ का विनोद लामालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लाटोकोसेरा प्रजातिको संरक्षित पंक्षी हुचिलको प्राकृतिक वासस्थान नै जङ्गल हो । हुचिल जादुगर चरोको उपनामले परिचित छ । करिब ६० वर्ष आयु हुने हुचिल तीन केजीभन्दा माथि भयो भने खुट्टाका नङ्ग्राले सिसा काट्न सक्ने र पाँच केजी तौल नाघेपछि यसलाई छुँदा करेन्ट लाग्ने सोधकर्ताहरु बताउँछन् ।

तर यसको सङ्ख्या वर्षेनी घट्ने क्रममा रहेको जनाइको छ । हुचिलको अवैध बिक्री वितरण रोकी संरक्षण गर्नुपर्ने आवाज उठिरहेका बेला तस्करको हातबाट उद्धार गरिएको हुचिल जङ्गलमा छोडिनुने यसको संरक्षणमा सकारात्मक सन्देश पुग्ने नीलकण्ठ–८ का वडाध्यक्ष प्रकाशकुमार श्रेष्ठले बताए । हुचिल नेपाल, भारतलगायत दक्षिण अफ्रिका र एसियाका केही देशमा मात्र पाइन्छ ।


प्रकाशित मिति: २१ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?