Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

उद्धार गरिएको हुचिल वनमा छोडियो


२१ फागुन, धादिङ। धादिङको नौबिसेबाट उद्धार गरिएको संरक्षित पंक्षी हुचिल नीलकण्ठ नगरपालिका–८ स्थित सामुदायिक वन क्षेत्रमा छोडिएका छन् । डिभिजन वन कार्यालयले जनप्रतिनिधि, नेपाल प्रहरी र स्थानीयको रोहवरमा शनिबार ती पंक्षी वनमा छोडिदिएको हो । अवैध ढङ्गले बिक्री गर्न लागेको सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय खानीखोलाको प्रहरी टोलीले यही फागुन १६ गते नौबिसे क्षेत्रबाट हुचिलको उद्धार गरेको थियो । हुचिल बोकेर हिँड्ने मकवानपुरको थाहा नगरपालिका–१२ का रमेश स्याङ्तान र धादिङको थाक्रे गाउँपालिका वडा नं ५ का विनोद लामालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लाटोकोसेरा प्रजातिको संरक्षित पंक्षी हुचिलको प्राकृतिक वासस्थान नै जङ्गल हो । हुचिल जादुगर चरोको उपनामले परिचित छ । करिब ६० वर्ष आयु हुने हुचिल तीन केजीभन्दा माथि भयो भने खुट्टाका नङ्ग्राले सिसा काट्न सक्ने र पाँच केजी तौल नाघेपछि यसलाई छुँदा करेन्ट लाग्ने सोधकर्ताहरु बताउँछन् ।

तर यसको सङ्ख्या वर्षेनी घट्ने क्रममा रहेको जनाइको छ । हुचिलको अवैध बिक्री वितरण रोकी संरक्षण गर्नुपर्ने आवाज उठिरहेका बेला तस्करको हातबाट उद्धार गरिएको हुचिल जङ्गलमा छोडिनुने यसको संरक्षणमा सकारात्मक सन्देश पुग्ने नीलकण्ठ–८ का वडाध्यक्ष प्रकाशकुमार श्रेष्ठले बताए । हुचिल नेपाल, भारतलगायत दक्षिण अफ्रिका र एसियाका केही देशमा मात्र पाइन्छ ।


प्रकाशित मिति: २१ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?