Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

दोदा जलाधार क्षेत्र बहुसरोकार मञ्च गठन


काठमाडौं। दोदा जलाधार क्षेत्रका सबै १० स्थानीय सरकारहरुबीच विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन, दिगो विकास तथा उत्थानशीलताका अन्तरसम्बन्धित सवाललाई अन्तरस्थानीय तहस्तरीय संयन्त्रमार्फत सम्बोधन गर्न दोदा जलाधार क्षेत्र बहुसरोकार मञ्च गठन गरिएको छ । शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महाराको अध्यक्षतामा गठन गरिएको सो मञ्चमा उपाध्यक्ष पर्शुराम नगरपालिकाका उपप्रमुख बिमला बोहोरा, सचिवमा लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना र कोषाध्यक्षमा चुरे गाउँपालिका उपाध्यक्ष धनादेवी थापामगर रहेकी छिन् । त्यसैगरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का सदस्य तथा पूर्वशिक्षामन्त्री डा. गङ्गालाल तुलाधार तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बातावरण तथा विपद् व्यवस्थापन शाखाप्रमुख ऋषिराज आचार्य समेतको उपस्थितिमा आज यहाँ सम्पन्न भेलामा मञ्चको रणनीतिक कार्ययोजनामा समेत छलफल भएको थियो । उक्त छलफलबाट अल्पकालीन रुपमा माथिल्लो तटीय क्षेत्रसम्मको विस्तृत भौगर्भिक अध्ययन गर्ने, अन्य जलाधार क्षेत्र संरक्षण कार्यक्रममा सफलता असफलताको अध्ययन गर्ने, जोखिमयुक्त क्षेत्रमा जैविक तटबन्धलगायत जोखिम अल्पीकरणका प्रयासहरु गर्ने, विकास साझेदारहरुसँग बैठक बसी सहकार्यका अवसरहरु खोज्ने, प्रदेश सरकार र सङ्घीय सरकारसँग छलफल गरी यस जलाधार क्षेत्रका लागि बजेट विनियोजन गर्ने निर्णय भएको डिपिनेटका उपाध्यक्ष राजु थापाले जानकारी दिए ।

यसैगरी, मध्यकालीन रुपमा चुरे क्षेत्रमा वृक्षारोपण तथा चुरे क्षेत्र संरक्षणका कार्य गर्ने, पहिरो नियन्त्रण गर्न रैथाने प्रविधि प्रवर्धन गर्ने, वन्यजन्तु निकुञ्जजस्ता संरक्षित क्षेत्रहरुका कारण भएका बाधा व्यवधान हल गर्न नीतिगत सुधारका लागि पैरबी गर्ने, वन्यजन्तुको सङ्ख्या बढी भएका क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउर्ने, बाढीको पूर्वसूचनाका लागि पूर्वचेतावनी प्रणालीको स्थापना गरिने भएको छ भने दीर्घकालीन रुपमा जोखिमयुक्त ठाँउमा पहिरो नियन्त्रण प्रविधिको प्रयोग गर्ने, जोखिमयुक्त ठाँउमा मजबुत तटबन्ध निर्माण गर्ने, वन्यजन्तु आतङ्कबाट बच्न फेन्सिङलगायत प्रविधि प्रयोग गर्ने निर्णय भएको जनाइएको छ । त्यस्तै, मर्सिकोर, निड्स नेपाल र डिपिनेटको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा जलाधार क्षेत्रमा एकीकृत रुपमा काम गर्दा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणलाई समेत प्राथमिकता दिइनुपर्ने, सामुदायिक विपद् व्यवस्थापन समितिको क्षमता अभिवृद्धि गरी प्रभावकारी रुपमा परिचालन गर्ने तथा स्थानीय सरकारहरुले वार्षिक तथा आवधिक योजनाहरु तर्जुमा गर्दा यस समझदारीपत्रमा उल्लिखित विषयलाई प्राथमिकीकरण गर्नेबारेमा पनि छलफल भएको डिपिनेटका उपाध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागि प्रविधिमैत्री बहुप्रकोप पूर्वसूचना प्रणाली स्थापना र समुदायको पहुँच अभिवृद्धि गर्न तथा विपद् जोखिम व्यवस्थापन तथा जलवायु अनुकूलनका लागि प्रकृतिमा आधारित समाधानका उपायहरु प्रवर्धन गर्नसमेत यस्तो मञ्चलाई प्रयोग गर्न सकिनेछ ।


प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?