Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

अपाङ्गमैत्री सडक बनाउँदै खैरहनी


२० ,कात्तिक ,चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकाले नगरपालिकाभित्र सडकलाई अपाङ्गमैत्री बनाउन थालेको छ ।

नगरपालिकाले शारीरिकरूपमा अशक्त भएकाका लागि ‘ह्विलचियर’ मैत्री फुटपाथसहित सडकको स्तरोन्नति गर्न थालेको हो ।

खैरहनी नगरपालिकाभित्र खैरहनी चोकदेखि वाड नं १२ को कुमरोज पुग्ने सडक, चैनपुर चोक उत्तरतर्फ पुलदेखि बिन्दवासिनी चोक हुँदै शिवालय जाने सडक, सिमल टाँडी चोकबाट उत्तर दक्षिण दुवैतर्फको सडक, नगरपालिका गेटदेखि चैनपुर चोकसम्म पुग्ने सडक, मगनी चोकबाट उत्तर दक्षिण दुवैतर्फको सडक र चैनपुर चोकबाट माथि लदारी पुलसम्म जाने सडकलाई अपाङ्गमैत्री बनाउन लागेको नगर प्रमुख शशीकुमार खनियाले जानकारी दिएका छन् ।

ती सडकलाई नगर गौरवका योजनामा समावेश गरेर अपाङ्गमैत्री बनाउन लागेको उनले बताए ।

नगरपालिकाको क्षेत्राधिकार पर्ने आठ मिटरसम्मको सडकमा सकेसम्म सबै ठाउँमा अपाङ्गमैत्री सडक निर्माण गर्ने नगरपालिकाको योजना रहेको छ ।

नगरपालिकाभित्रका सडकलगायतका सबै भौतिक पूर्वाधारलाई स्थानीय कलासंस्कृित र मौलिकता झल्किने गरी अपाङ्गमैत्री, बालमैत्री बनाउँदै लैजाने गरी नगरपालिकाले योजना बनाएर कार्य गर्दै आएको छ ।

पेटीको बीचमा आँखा नदेख्ने व्यक्तिले लट्ठीको टेकेर हिँड्न मिल्ने ट्र्याक हुनुपर्ने सडकको मापदण्ड रहेको छ । धेरैजसो स्थानीय सडकमा फुटपाथ नै नहुने फुटपाथ भएका ठाउँमा पनि रुखसँगै पसल, पार्किङ, सामग्री थुपार्ने गरेकाले पैदलयात्रुलाई हिँड्न समस्या हुने गरेको छ ।

अपाङ्गमैत्री पैदलमार्ग निर्माणसँगै सडकको सौन्दर्यसमेत वृद्धि हुँदै गएको र यसबाट दुर्घटनामा समेत कमी आउने अपेक्षा गरिएको खैरहनी नगरपालिकाका उपप्रमुख कविता उप्रेतीले बताईन् ।

उनले पैदल मार्गको निर्माणले पैदलयात्री निर्धक्कसँग हिँड्न पाउने, बालबालिका र अपाङ्गसमेत थप सुरक्षित हुने वातावरण बन्ने बताईन् ।

निर्माण भइरहेका अपाङ्गमैत्री आयोजनाको नाला निर्माण, फुटपाथ निर्माणको कार्य सम्पन्न भइसकेको र अस्पाल्ट कालोपत्रको काम बाँकी रहेको नगरपालिकाका इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिए ।

अपाङ्गमैत्री सडक निर्माणको लागि आव २०८०÷८१ मा रु नौ करोड बजेट विनियोजन भई निर्माण भइरहेको नगरपालिकाले जनाएको छ ।


प्रकाशित मिति: २० कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?