Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड ः बैतडीबाट चौँसट्ठी खेलाडी छनोट


सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि यहाँबाट ६४ खेलाडी छनोट भएका छन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीका अनुसार चार खेलका लागि ६४ खेलाडी छनोट भएका हुन् ।

यही फागुन १२ देखि १४ गतेसम्म पाटनमा सम्पन्न भएको १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट गरिएको हो । एक सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर, एक हजार पाँच सय मिटर र तीन हजार मिटर दौडका लागि एक÷एक छात्र र छात्रा छनोटमा परेका छन् ।

यस्तै, हाइजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, कबड्डी, भलिबल, कराते र एकलकातामा छात्र तथा छात्रातर्फ खेलाडी छनोटमा परेका छन् । छनोट भएका खेलाडीलाई केही दिनमा बन्द प्रशिक्षणमा बोलाइनेछ । प्रदेशस्तरीय प्रतियोगिताको मिति भने टुङ्गो लागेको छैन ।


प्रकाशित मिति: २० फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?