Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड ः बैतडीबाट चौँसट्ठी खेलाडी छनोट


सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि यहाँबाट ६४ खेलाडी छनोट भएका छन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीका अनुसार चार खेलका लागि ६४ खेलाडी छनोट भएका हुन् ।

यही फागुन १२ देखि १४ गतेसम्म पाटनमा सम्पन्न भएको १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट गरिएको हो । एक सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर, एक हजार पाँच सय मिटर र तीन हजार मिटर दौडका लागि एक÷एक छात्र र छात्रा छनोटमा परेका छन् ।

यस्तै, हाइजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, कबड्डी, भलिबल, कराते र एकलकातामा छात्र तथा छात्रातर्फ खेलाडी छनोटमा परेका छन् । छनोट भएका खेलाडीलाई केही दिनमा बन्द प्रशिक्षणमा बोलाइनेछ । प्रदेशस्तरीय प्रतियोगिताको मिति भने टुङ्गो लागेको छैन ।


प्रकाशित मिति: २० फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?