Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

सञ्चार र सूचना प्रविधिको क्षेत्रमा कानुुन परिमार्जन प्राथमिकतामाः मन्त्री शर्मा


काठमाडौं, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चार र सूचना प्रविधि दुबै क्षेत्रमा कानुन परिमार्जनलाई मुख्य जोड दिने नीति लिएको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपालका केन्द्रीय पदाधिकारी तथा राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुसँगको भेटघाटमा उहाँले सञ्चार र सूचना प्रविधि दुबै क्षेत्रमा सुधार ल्याउन पुराना कानुन बाधक भएकाले कानुन परिवर्तनमा जोड दिएुको बताउनुभएको हो । ठूलो राजनीतिक परिवर्तनपछि संविधान निर्माण भएर मुलुक धेरै अगाडि बढे पनि यी सूचना सञ्चारको क्षेत्रमा पञ्चायतकालीन कानुन नै कायम रहेकाले यी क्षेत्रलाई संघीय लोकतानित्तक गणतन्त्र अनुकूल बनाउन समस्या देखिएकाले. कानुन परिमार्जनमा जोड दिइएको उहाँले बताउनुभयो ।

सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न आम सञ्चारलगायतका ऐन निर्माणको तयारीमा रहेको जानकारी दिंदै उहाँले आम सञ्चारलाई थप परिस्कृत र व्यवस्थित गर्नु आवश्यक रहेको बताउनुभयो । सञ्चारमाध्यमले जनताको भाषा बोल्नुपर्ने उल्लेख गर्दै उहाँले सरकारले गरेका राम्रा कामको प्रचार र सरकारले सुधार्नुपर्ने कामको बारेमा खबरदारी गर्नुपर्ने बताउनुभयो ।

संविधान, कानुन र राज्यले गरेका निर्णयले निर्णयलाई जनताको बिचमा लैजाने सञ्चारमाध्यमको दायित्व भएको उल्लेख गर्दै उहाँले जनताले राज्यबाट पाएका सुविधा र गुनासोको पनि यथार्थ जानकारी लिएर जनता र राज्यबिच पुलको भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।

सञ्चारसँगै सूचना प्रविधि क्षेत्रको व्यवस्थापन ठूलो सवाल भएको र यो जनताको प्रत्यक्ष जीवनसँग जोडिने भएकाले यसमा आवश्यक नीति र संचना निर्माण गर्न आफू जुटेको मन्त्री शर्माले जानकारी दिनुभयो । भर्खरै सरकारी वेबसाइटहरुको एकीकृत सञ्चालन र अनुगमन प्रणाली सुरु गरिएको उल्लेख गर्दै उहाँले साइवर सुरक्षासँग सम्बन्धित नीतिगत, कानुनी र संरचनागत विकासका लागि उच्चस्तरीय आयोग गठन गरिएको पनि जानकारी दिनुभयो ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका अध्यक्ष बिष्णु सापकोटा, बरिष्ठ उपाध्यक्ष कमल गिरीलगायत सहभागी नेताहरुले नेपालको पत्रकारिता क्षेत्रमा सुधारका लागि विभिन्न सुझाव दिनुभएको थियो । कार्यक्रम सहजीकरण सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्माका सञ्चार विज्ञ एवं संगठनका केन्द्रीय अनुशासन समिति संयोजक नरेन्द्र केसीले गर्नुभएको थियो ।


प्रकाशित मिति: १९ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?