Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

एर्दोगानद्वारा गाजामा ‘मानवताविरुद्धको अपराध’ रोक्न युद्धविरामको माग


१७ ,कात्तिक ,अस्ताना। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले गाजामा ‘मानवताविरुद्धको अपराध’ भइरहेको भन्दै इजरायल र हमासबीच तत्काल युद्धविराम गर्न आह्वान गरेका छन् ।

इजरायलसँगको युद्धको सामना गरिरहेका प्यालेस्टिनीहरूप्रति एर्दोगानले कडा समर्थन गर्दै जनाउँदै आएका छन् । अक्टोबर ७ मा युद्ध सुरु भएदेखि नै आफूलाई मध्यस्थकर्ताको रूपमा प्रस्तुत गरेका छन् ।

कजाकिस्तानको राजधानी अस्तानामा आयोजित तुर्क भाषी राष्ट्रहरूको शिखर सम्मेलनलाई सम्बोधन गर्दै एर्दोगानले भने, “अक्टोबर ७ देखि हामीले देखेको क्रूरताको व्याख्या गर्न वा क्षमा गर्न सक्ने कुनै अवधारणा छैन ।”

उनले भने, “स्पष्ट शब्दमा भन्नुपर्दा गाजामा २८ दिनदेखि मानवताविरुद्धको अपराध भइरहेको छ ।” “हाम्रो प्राथमिकता मानवीय युद्धविराम चाँडै स्थापित गर्नु हो,” उनले भने ।

“टर्कीले चाहे उनीहरू मुस्लिम, इसाई वा यहूदी नै किन नहुन् सबैको सुरक्षाको सुनिश्चितता गर्नेछ र यसका लागि नयाँ संयन्त्र बनाउने काम गरिरहेको छ । अन्तर्राष्ट्रिय शान्ति सम्मेलनका लागि आधार तयार पार्ने हाम्रो प्रयास जारी छ,” उनले भने ।

गत अक्टोबर ७ तारिखमा हमासका लडाकुहरू एक्कासी इजरायलमा प्रवेश गरी गरेको आक्रमणमा एक हजार ४०० जनाको मृत्यु भएको र २४० भन्दा बढीलाई अपहरण गरेको इजरायली अधिकारीहरूले बताएका छन् ।

हमासद्वारा सञ्चालित गाजा पट्टीको स्वास्थ्य मन्त्रालयले प्यालेस्टिनी क्षेत्रमा भएको आक्रमणमा तीन हजार ७६० बालबालिकासहित नौ हजार ६१ जनाको मृत्यु भएको जनाएको छ ।

इजरायलले नागरिकलाई निशाना नबनाएको र अक्टोबर ७ मा भएको आक्रमणका लागि जिम्मेवार हमास लडाकू समूहलाई परास्त गर्न प्रयास गरिरहेको बताएको छ ।


प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?