Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

आफन्तको घरमा भेटिए विक्षिप्त भई अस्पतालबाटै बेपत्ता भएका दीपक


मुगु। परिवारका चारजनाको हत्यापछि विक्षिप्त बनेर अस्पतालबाटै बेपत्ता भएका दीपक बोहरा आफन्तको घरमा भेटिएका छन् । घरका चारजना सदस्यको सामूहिक हत्या भएको खबर पाएपछि वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका दीपक काम छाडेर नेपाल फर्किएका थिए । मानसिक रूपमा विक्षिप्त भएपछि कुनै अप्रिय घटना नघटोस् र होस सन्तुलनमा रही रहोस् भनेर दीपकलाई प्रहरीले निगरानी गर्दै उनका कान्छा ससुरा खेमबहादुर रावलको जिम्मा लगाएको थियो । दीपकले हत्या गरिएकी श्रीमती र तीन छोराछोरीको शव परीक्षण सकिए पनि हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिँदै आएका थिए । दीपक बिहीबार राति ८ बजे छायानाथ रारा नगरपालिका–४ भामवाडा गाउँमा एक आफन्तको घरमा भेटिएका हुन् । उनी अहिले प्रहरी र नगर प्रहरीको निगरानीमा नगरप्रमुख विष्णुकुमार भामसँग रहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

मुगुस्थित छायानाथ रारा–६ मन्दु गाउँमा २८ वर्षीया श्रीमती श्रीदेवी बोहरा, ११ वर्षीया छोरा मनोज बोहरा, आठ वर्षीया छोरी अप्सरा बोहरा र आठ महिने छोरा रहर बोहराको हत्या भएको थियो । यही कात्तिक १० गते हत्या भएको सूचना पाउनेबित्तिकै प्रहरीको टोलीले घरभित्र खोजी गर्दा आमासहित तीन सन्तानको धारिलो हतियार प्रयोग गरी बीभत्स हत्या गरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । प्रनाउ थापाका अनुसार कात्तिक १३ गते सोमबार चारै मृतकको शवपरीक्षण गर्ने कार्य सकिए पनि आफन्तले लास नबुझिदिँदा शवको दाहसंस्कार हुन सकेको छैन । उक्त जिल्ला अस्पतालको शवगृहमा शव राख्न चिस्यान नहुँदा शवहरु गल्दै गएको उनले जानकारी दिए ।


प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?