Trending
>>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ? >>   गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’ >>   शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने >>   मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध >>   स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते >>   डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने >>   काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा >>   दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते
Logo
२३ पुष २०८२, बुधबार
२३ पुष २०८२, बुधबार

नेपाल बैंक लिमिटेडको नाफामा ७६ प्रतिशतको गिरावट


काठमाडौं । नेपाल बैंक लिमिटेडको नाफामा ७६ प्रतिशतको गिरावट आएको छ । उक्त बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार तीन महिनामा खुद नाफा १४ करोड २३ लाखमा खुम्चिएको छ भने गत वर्षको यस अवधिमा बैंकले ६० करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढ्दा पनि बैंकको नाफामा भारी गिरावट आउनुको मुख्य कारण बैंकको ‘लोन लस प्रोभिजन’ उच्च दरले बढ्नु हो । त्यस्तै पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी भने २ अर्ब २१ करोड रुपैयाँ छ । गत वर्षको यो अवधिमा १ अर्ब ९० करोड खुद ब्याज आम्दानी भएको थियो भने बैंकको वितरणयोग्य नाफा ६९ करोड रुपैयाँ ऋणात्मक देखिएको छ । बैंकले समयमै कर्जा रकम उठाउन नसक्दा नियामकीय प्रावधानअनुसार ठूलो रकम ‘इम्पेरिमेन्ट चार्ज’ गर्नुपरेपछि नाफामा भारी गिरावट आएको हो । बैंकले गत वर्षको यस अवधिमा २१ करोड रुपैयाँ प्रोभिजन गरेकोमा अहिले १ अर्ब ३४ करोड पुगेको छ ।

गत वर्षको पहिलो त्रैमासमा यस्तो कर्जा कुल कर्जामा २.३६ प्रतिशत रहेकोमा यो त्रैमासमा ३.८४ प्रतिशत पुगेको छ । थप कर्जा प्रवाहका लागि बैंक सहज स्थितिमा छ भने ९० प्रतिशतसम्म सीमा रहेको सीडी रेसियो यो बैंकको जम्मा ७३.८६ प्रतिशत रहेको छ । उक्त बैंकको आधार दर बढ्दै गएको छ भने यस्तो आधार दर पहिले ८.९२ प्रतिशत रहेकोमा अहिले ९.१९ प्रतिशत पुगेको छ । सो बैंकको औसत ब्याजदर अन्तर (स्प्रेड रेट) ३.९ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी जम्मा ३ रुपैयाँ ८८ पैसा छ । गत वर्ष यस्तो आम्दानी १६.७७ प्रतिशत थियो ।


प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?