Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

नेपाल बैंक लिमिटेडको नाफामा ७६ प्रतिशतको गिरावट


काठमाडौं । नेपाल बैंक लिमिटेडको नाफामा ७६ प्रतिशतको गिरावट आएको छ । उक्त बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार तीन महिनामा खुद नाफा १४ करोड २३ लाखमा खुम्चिएको छ भने गत वर्षको यस अवधिमा बैंकले ६० करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढ्दा पनि बैंकको नाफामा भारी गिरावट आउनुको मुख्य कारण बैंकको ‘लोन लस प्रोभिजन’ उच्च दरले बढ्नु हो । त्यस्तै पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी भने २ अर्ब २१ करोड रुपैयाँ छ । गत वर्षको यो अवधिमा १ अर्ब ९० करोड खुद ब्याज आम्दानी भएको थियो भने बैंकको वितरणयोग्य नाफा ६९ करोड रुपैयाँ ऋणात्मक देखिएको छ । बैंकले समयमै कर्जा रकम उठाउन नसक्दा नियामकीय प्रावधानअनुसार ठूलो रकम ‘इम्पेरिमेन्ट चार्ज’ गर्नुपरेपछि नाफामा भारी गिरावट आएको हो । बैंकले गत वर्षको यस अवधिमा २१ करोड रुपैयाँ प्रोभिजन गरेकोमा अहिले १ अर्ब ३४ करोड पुगेको छ ।

गत वर्षको पहिलो त्रैमासमा यस्तो कर्जा कुल कर्जामा २.३६ प्रतिशत रहेकोमा यो त्रैमासमा ३.८४ प्रतिशत पुगेको छ । थप कर्जा प्रवाहका लागि बैंक सहज स्थितिमा छ भने ९० प्रतिशतसम्म सीमा रहेको सीडी रेसियो यो बैंकको जम्मा ७३.८६ प्रतिशत रहेको छ । उक्त बैंकको आधार दर बढ्दै गएको छ भने यस्तो आधार दर पहिले ८.९२ प्रतिशत रहेकोमा अहिले ९.१९ प्रतिशत पुगेको छ । सो बैंकको औसत ब्याजदर अन्तर (स्प्रेड रेट) ३.९ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी जम्मा ३ रुपैयाँ ८८ पैसा छ । गत वर्ष यस्तो आम्दानी १६.७७ प्रतिशत थियो ।


प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?