Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

युएईले टस जित्यो, नेपाललाई बलिङको निम्तो


काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालले युएई विरुद्ध पहिले बलिङ रग्ने भएको छ । मुलपानी क्रिकेट मैदानमा युएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो । नेपाल समूह ए को उपविजेता र युएई समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेका हुन् भने यस खेलको विजेता टोली फाइनल पुग्दै अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनेछ । समूह ए अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित हुँदै उपविजेता बनेपछि नेपालले मुलपानी मैदानमा खेल्नु पर्ने भएको हो । मुलपानी मैदानमा क्यानले ३ हजार ५०० टिकट मात्र बेचेको छ ।

नेपाली टिममा आज एक परिवर्तन गरिएको छ । सन्दिप जोराको स्थानमा दीपेन्द्र सिंह ऐरीलाई प्लेइङ ११ मा राखिएको छ भने पहिलो खेलमा सिंगापुरसँग प्लेइङ ११ मा रहेपनि खेलअघि वार्मअपका क्रममा घाइते भएपछि दीपेन्द्रले समूह चरणको तीनवटै खेल गुमाएका थिए । टी-२० विश्वकप छनोट अघि तयारी स्वरुप भएको त्रिकोणात्मक टी-२० शृखंलामा नेपाल र युएईबीच लिग चरणको दुई खेल मुलपानी क्रिकेट मैदानमै भएको हो । जहाँ नेपालले दुवै खेल जितेको थियो, तर टीयू मैदानमा भएको फाइनल खेल भने युएईले जितेको थियो ।


प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?