Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

गोठलापानी बजारमा ‘हर्न’ बजाउन निषेध


बैतडी केही क्षेत्रमा ‘हर्न’ बजाउन निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा सम्पन्न सुरक्षा निकाय, जिल्ला ट्राफिक, यातायात व्यवसायी र सरोकारवालासहितको सर्वपक्षीय छलफलबाट जिल्लाका बजार क्षेत्रलाई पहिलोपटक हर्न निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरिएको हो । बढ्दो ध्वनि प्रदूषणलाई कम गर्न पहिलो चरणमा जिल्लाको सदरमुकामस्थित गोठलापानी बजार क्षेत्रमा सवारी हर्न बजाउन निषेध गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो ।

ध्वनि प्रदूषणमुक्त बनाउने उद्देश्यले सुरुमा गोठलापानी बजार क्षेत्रमा लागू गरिएको र विस्तारै जिल्ला अन्य बजारमा पनि लागू गरिने उहाँको भनाइ छ । बजार क्षेत्रलाई ध्वनि प्रदूषणमुक्त बनाउन सर्वपक्षीय बैठकबाट हर्न निषेध गर्ने निर्णय गरिएको यसलाई पूर्णरूपमा कार्यान्वयनका लागि सरोकारवाला सबैको सहयोगको खाँचो रहेको प्रजिअ पन्थीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ध्वनि प्रदूषण नियन्त्रण गर्नका लागि गोठलापानी बजार क्षेत्रमा हर्न बजाउन नपाइने निर्णय गरिएको छ, कार्यान्वयनमा सहयोग गर्न सबैलाई अपिल पनि गर्दछौँ ।” पछिल्लो समय जिल्लाका बजार क्षेत्रमा सवारीसाधनको जथाभावी हर्नले ध्वनि प्रदूषण बढ्दै गएकाले यो निर्णयबाट कम हुने अपेक्षा गरिएको छ । नियमको पालना नगरेको पाइएमा तत्काल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्ने प्रशासनले जनाएको छ ।

 


प्रकाशित मिति: १७ पुष २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?