Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

टी-२० विश्वकप छनोटको सेमिफाइनलमा ओमानको प्रतिद्वन्द्व बहराइन


काठमाडौं। टी–२० विश्वकप छनोटको सेमिफाइनलमा ओमानले बहराइनलाई प्रतिद्वन्द्वी पाएको छ । समूह बी अन्तर्गतको खेलमा कुवेतसँग ४ विकेटले पराजित भए पनि बहराइन रनरेटका आधारमा अघि रहँदै सेमिफाइनलमा पुगेको हो । त्यस्तै बहराइन र ओमानको खेल भोलि शुक्रबार दिउँसो ११ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ भने आज बिहीबार कीर्तिपुरमा भएको खेलमा नेपाललाई हराएको ओमान समूह एको विजेता हो । बहराइनकै बराबर २ अंक भए पनि हङकङ र कुवेत रनरेटमा पछि परेर सेमिफाइनलमा पुग्न सकेनन् । यो समूहमा ३ वटै खेल जितेर ६ अंक बटुलेको यूएई समूह बिजेता भयो । समूह एको उपविजेता बनेको नेपालले समूह बीको विजेता यूएईसँग मुलपानीमा शुक्रबार ११ बजे नै खेल्ने छ ।


प्रकाशित मिति: १६ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?