Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणालीमा समस्या


काठमाडौं। वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा प्राविधिक समस्या आएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि आवश्यकपर्ने अनलाइन प्रणालीमा केही समस्या भएको विभागका शाखा अधिकृत भीमबहादुर शाहीले जानकारी दिए । उनका अनुसार फेमिसमा बायोमेट्रिक डेस्क एप्लिकेशनबाट हुने श्रमिकको ‘ओरेन्टेशन’ र ‘बायोमेट्रिक कनेक्सन’मा समस्या आएकाले पुनः सञ्चालनका लागि काम भइरहेको छ । यसले सूचना व्यवस्थापनमा समस्या भइरहेको उनको भनाइ थियो । फेमिसमा देखिएको समस्याका कारण वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिको काम भने पूर्णरुपमा प्रभावित नभएको शाखा अधिकृत शाहीले बताए ।

विभागले एक सूचना जारी गरी नयाँ र पुनः श्रम स्वीकृतिको लागि फेसिम प्रणालीमा बायोमेट्रिक खण्ड (सेक्सन) लाई छोड्ने र ओरेन्टेशन खण्डका लागि विभागमा दर्ता भएका अभिमुखीकरण संस्थाबाट जारी दुई दिने अभिमुखीकरण तालिमको प्रमाणपत्र फेमिस प्रणालीमा समावेश गर्ने व्यवस्था मिलाइएकाले सोही बमोजिम गर्न र गराउन अनुरोध गरेको छ ।


प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?