Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२८ पुष २०८२, सोमबार
२८ पुष २०८२, सोमबार

गाउँगाउँमा विद्युतीय घट्ट सञ्चालन


त्रिवेणी,रुकुम पश्चिम । आजभोलि गाउँगाउँमा विद्युतीय घट्ट सञ्चालनमा आएका छन् । पछिल्लो समय रुकुम पश्चिमका अधिकांश गाउँमा विद्युतीय घट्टमा अन्न पिस्नेको सङ्ख्या बढ्न थालेको छ । जिल्लाको विभिन्न ठाउँमा विद्युत्को पहुँच पुगेपछि गाउँगाउँमा व्यक्तिगत तथा स्थानीय तहको लगानीमा विद्युतीय घट्ट सञ्चालनमा आएका छन् । बाँफिकोट गाउँपालिका–१० ले वडावासीको सहजताका लागि बयाल्या र फेरामा विद्युतीय घट्ट सञ्चालन गरिरहेको छ । स्थानीयलाई अन्न पिस्न घण्टौँ समय लाग्ने भएपछि वडा कार्यालयकोे आर्थिक सहयोगमा दुई स्थानमा घट्ट सञ्चालन गरिएको वडाध्यक्ष हरिबहादुर चन्दले जानकारी दिए । उनका अनुसार वडाले कृषि कार्यक्रमअन्तर्गत फेरामा रू एक लाख ३५ हजार र बयाल्यामा रू दुई लाख ३५ हजार लगानी गरी घट्ट सञ्चालन गरेको हो ।
त्रिवेणी–२ छिन्छरेमा पानी घट्ट सञ्चालन गर्दै आउनुभएका खड्कबहादुर बुढाथोकीलाई विद्युतीय घट्ट गाउँमा सञ्चालन भएपछि पहिले जस्तो अन्न पिस्न चाप छैन् । “पहिले अन्न पिस्न आउनेको सङ्ख्या धेरै हुन्थ्यो । दुईरतीन दिनसम्म पालो कुर्नुपर्थोे । आजभोलि त्यस्तो चाप छैन्”, उनले भने, “पहिले दिनमा ४५ पाथी अन्न पिस्थे । पिसेको भाडाबापत लिएको पीठो घरपरिवारले खाएर बच्ने गर्थो । आजभोलि त कहिले घट्ट खाली हुन्छ, कहिले दुई/तीन जना आउँछन् ।”
त्यस्तै  त्रिवेणी–२ की ७० वर्षीया मनकली ओलीले गाउँमै विद्युतीय घट्ट सञ्चालनमा आएपछि सहजताको लागि अन्न पिस्न विद्युतीय घट्ट जाने गरेको सुनाए । “पहिले घरमै अन्न जातोमा पिसेर खाने चलन थियो । विस्तारै पानी घट्टमा पिस्ने चलन आयो । अहिले त टोलमै विद्युतीय घट्ट सञ्चालनमा आइसक्यो”, उनले भने । यसबाट समयको बचत हुनुका साथै सहज भएको उनको भनाइ छ ।

प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?