Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

गोली प्रहार गरी लागुऔषध कारोबारी पक्राउ


काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली प्रहार गरी काठमाडौंको गोठाटारबाट दुईजना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पश्चिम बङ्गाल घर भएका ४८ वर्षीय मोहम्मद करिम तथा झापा केचन गाउँपालिका–८ बस्ने ३५ वर्षीय हर्क लिम्बू रहेका काठमाडौं उपत्यका अपराध अनसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । प्रहरीले आत्मरक्षाका लागि गोली प्रहार गर्दा मोहम्मद करिम घाइते भएका छन्, उनको गोठाटारस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको उनले बताएका छन् । यसैगरी प्रहरीले मोहम्मद करिमको साथबाट ६ दशमलव ७५ एमएमको पेस्तोल र त्यसमा लाग्ने तीन राउन्ड गोलीसहित दुई सय ग्राम खैरो हेरोइनजस्तो पदार्थ र तराजु फेला परेको जनाएको छ ।


प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?