Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

लुम्बिनीबाट काठमाडौं फर्किए गुटेरेस


काठमाडौं। चार दिने नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस पोखरा र लुम्बिनीको भ्रमण गरेर काठमाडौं फर्किएका छन् । आज बिहान अन्नपूर्ण आधारशिविर पुगेका उनी उतैबाट दिउँसो बुद्ध जन्मस्थल लुम्बिनी पुगेका थिए । लुम्बिनीमा उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामालगायतले स्वागत गरेका थिए । सो अवसरमा महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्डले संयुक्त रूपमा लुम्बिनीमा वृक्षारोपण पनि गरेका छन् । लुम्बिनीबाट काठमाडौं फर्किए लगत्तै उनी सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकक्षमा पुगेका छन् भने तिमिल्सिनासग भेटपछि उनी सिधै संघीय संसद भवन नयाँ बानेश्वर जाने कार्यक्रम रहेको छ । उनले सलेगुटेरे सम्बोधन गर्ने भएकोले आज दिउँसो ४ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा संवैधानिक निकायका पदाधिकारीलगायत अन्य उच्च पदस्थ व्यक्तिहरूलाई पनि उपस्थितिका लागि निमन्त्रणा दिइएको छ ।


प्रकाशित मिति: १४ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?