Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
१ माघ २०८२, बिहीबार
१ माघ २०८२, बिहीबार

फेसबुकमा २ कप चियाको फोटो राख्दै ओलीले गरे च्यासलमा चियापानको निम्तो


काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चाडपर्वको अवसरमा पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा उपस्थित हुन आह्वान गरेका छन् । भोलि दिउँसो साढे १२ बजे पार्टी कार्यालय च्यासलमा एमालेले चियापान कार्यक्रम राखेको छ । एमालेले भोलि दसैँ, तिहार, छठलगायत पर्वहरूको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम राखेको छ । उनले फेसबुकमा आफू र २ कप चियाको तस्बिर राखेर लेखेका छन्, ‘भोलि दिउँसो च्यासलमा सबैलाई निम्तो ।’ उक्त कार्यक्रममा सबै राजनीतिक दलसहित उच्च पदस्थका व्यक्तिहरूलाई आमन्त्रण गरिएको जनाइएको छ ।

 


प्रकाशित मिति: १४ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?