Trending
>>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल
Logo
६ माघ २०८२, मंगलवार
६ माघ २०८२, मंगलवार

नेपालगञ्जमा विद्युत् महसुल वक्यौता असुली अभियान


नेपालगञ्ज। नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले तिर्न बाँकी विद्युत् महसुल असुली अभियान सुरु गरेको छ । उक्त कार्यालयले अहिलेसम्म दुई दिनको अवधिमा रु एक करोड ८० लाख ६८ हजार छ सय ७० वक्यौता असुली गरेको छ । अभियानअन्तर्गत सोमबार रु दुई हजार पाँच सय ४७ ग्राहकबाट रु ८५ लाख ४१ हजार आठ सय ७० र आइतबार दुई हजार पाँच सय ७४ ग्राहबाट रु ९५ लाख २६ हजार आठ सय वक्यौता असुली भएको केन्द्रले जनाएको छ । विद्युत वक्यौता महसुल असुली अभियानअन्तर्गत अनलाइन भुक्तानीमार्फत एक सय १२ ग्राहकको रु १७ लाख ६० हजार रकम सङ्कलन भएकामा ६१ जनाको पुनः लाइन जोडी रु नौ लाख १२ हजार आठ सय वक्यौता पनि असुली भएको थियो ।

त्यस्तै एक सय ६३ जनाको रु ११ लाख ८७ हजार चार सय ६० वक्यौता असुली भएकामा २१ जनको पुनः लाइन जोडेर रु आठ लाख ७४ ६० वक्यौता असुली भएको वितरण केन्द्रले जनाएको छ भने मध्यरातिसम्म अनलाइन भुक्तानी हुने भएकाले सो रकम बुझाउनेको सङ्ख्या अझ बढ्ने वितरण केन्द्रका लेखा प्रमुख बुद्धीसागर भुषालले जानकारी दिए । प्राधिकरणले थालेको अभियान तथा जनचेतनाका कारण नेपालगञ्ज वितरण केन्द्रमा हुने नियमित सरदर सङ्कलनको दोब्बर रकम सङ्कलन भएको बताइएको छ । त्यस्तै कोहलपुर वितरण केन्द्रले उक्त क्षेत्रबाट रु १२ लाख ३१ हजार ५०६ वक्यौता रहँदा एक सय चार जनाको लाइन काटिएकोे जनाएको छ भने विद्युत् महसुल भुक्तानी गर्न ६० दिन नाघेका ग्राहकलाई सार्वजनिक सूचनामार्फत अविलम्ब भुक्तानीको लागि आग्रह गरेपछि प्राधिकरणले बक्यौता महसुल असुलीमा कडाइ गर्न थालेको थियो ।


प्रकाशित मिति: १४ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?