Trending
>>   जनताको काम गर्न आएका हुँ, कुनै गल्ती गरेको छैनः मन्त्री अधिकारी >>   टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम गरेनः अध्यक्ष दाहाल >>   प्रधानमन्त्रीलाई गगनको आग्रहः तपाईंको मन्त्रीलाई तत्काल बर्खास्ती गर्नुस् >>   प्रचण्डमा सरकारबाट बाहिरिनुको पीडा अझै बाँकी छः एमाले >>   पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन थापा >>   निजगढ विमानस्थललाई त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्पका रुपमा निर्माण गर्ने सरकारको योजना >>   स्वास्थ्य बीमामा पुनःविचार गर्न जरुरी छः प्रधानमन्त्री ओली >>   समयमै काम नसक्ने निर्माण कम्पनी तथा ठेकेदारहरूमाथि कारबाही प्रक्रिया तिब्र पारेका छौंः मन्त्री दाहाल >>   भूमिसम्बन्धी विधेयक पास गरिदिन मन्त्री अधिकारीको आग्रह >>   चलचित्र क्षेत्रलाई उद्योगको रुपमा विकास गरौँः मन्त्री गुरुङ
Logo
३० असार २०८२, सोमबार
३० असार २०८२, सोमबार

स्याङ्जामा एक व्यक्तिले श्रीमतीको हत्या गरी आत्महत्या गरे


वालिङ, स्याङ्जा । स्याङ्जाको चापाकोटका एक व्यक्तिले श्रीमतीको हत्या गरीे आत्महत्या गरेका छन् । चापाकोट नगरपालिका–७ खासा बस्ने करिव ५५ वर्षीय देवबहादुर विकले ४६ वर्षीया श्रीमती पार्वती विकलाई बन्चरो प्रहार गरेर हत्या गरी आफूले पनि आत्महत्या गरेको चापाकोट इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिए । श्रीमानले श्रीमतीको घाँटीमा बञ्चरो प्रहार गरी हत्या गरेको र त्यस लगत्तै आफू पनि घर नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेको हुनसक्ने घटनाको प्रकृतिले देखाएको उनले बताए ।

साँझ खाना खाएर सुत्न कोठामा गएकी छोरी बिहान उठ्दा आमा बुवा उठेको नदेखेपछि कोठामा हेर्दा आमाको हत्या भएको र बाहिर निस्केर हेर्दा घर नजिकैको रुखमा बुवा झुण्डिरहेको देखेपछि छोरीले छिमेकीलाई खबर गरेको प्रहरी निरीक्षक यादवको भनाइ रहेको थियो । त्यस्तै कार्यालयबाट खटिएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का गरेपछि दुवै शवलाई पोष्टमार्टमका लागि चापाकोट अस्पताल ल्याउने तयारी भईरहेको र घटनाबारे थप अनुसन्धान सुरु भएको निरीक्षक यादवले बताए ।


प्रकाशित मिति: १४ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?