Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

प्रधानमन्त्री लुम्बिनीमा, महासचिव गुटेरेस पनि जाँदै


लुम्बिनी। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन् । अन्नपूर्ण बेसक्याम्पबाट भैरहवा आएका महासचिव गुटेरेसलाई स्वागत गर्न प्रधानमन्त्री दाहाल यहाँ आएका हुन् । लुम्बिनीमा प्रधानमन्त्री दाहाललाई लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारकल लामालगायतले स्वागत गरे । सुरक्षा व्यवस्थालाई ध्यान दिँदै आज बिहानबाट यहाँस्थित मायादेवी मन्दिरमा सर्वसाधारणको प्रवेश निषेध गरिएको छ भने तीन तहको सुरक्षा घेरा बनाइएको छ । गुटेरेस लुम्बिनी भ्रमणमा आउने संयुक्त राष्ट्रसङ्घका छैटौँ महासचिव हुन् भने उनको लुम्बिनी भ्रमण प्रधानमन्त्री दाहालको उपस्थितिमा हुने भएकाले यसको महत्व बढ्ने कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बताए ।

उपाध्यक्ष लामाले लुम्बिनीको विकास र सम्बर्धनमा संयुक्त राष्ट्रसङ्घको भूमिकालाई आगामी दिनमा थप प्रगाढ बनाउनसमेत भ्रमण फलदायी हुनेमा विश्वास व्यक्त गरे । गुटेरेसलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षुभिक्षुणीसहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका आमा समूह, थारूलगायत विभिन्न जातीय समूह र होटल व्यवसायीले समेत शान्तिदीपदेखि मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गर्नेछन् । उनलाई मायादेवी मन्दिरको दक्षिणतर्फ रहेको पुष्पकरणी पोखरीको छेउमा रहेको पीपलको रूखमुनि स्वागत गर्ने कार्यक्रम छ । लुम्बिनीमा करिब डेढ घण्टा बिताएपछि गुटेरेस काठमाडौं फर्किनेछन् । कोषका तर्फबाट गुटेरेसलाई मायाको चिनो प्रदान गरिनुका साथै अतिथि पुस्तकमा हस्ताक्षरपछि महासचिव गुटेरेसले सञ्चारमाध्यमसमक्ष आफ्नो धारणा राख्ने कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिए ।


प्रकाशित मिति: १४ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?