Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

बङ्गलादेशमा गार्मेन्ट मजदुर पारिश्रमिक बढाउन माग गर्दै प्रदर्शनमा, एक श्रमिकको मृत्यु


१३ ,कात्तिक ,ढाका । बङ्गलादेशमा हजारौं गार्मेन्ट श्रमिकले न्यूनतम पारिश्रमिक तीन गुणा बढाउन माग गर्दै सोमबार प्रदर्शन गरेका छन् भने सुरक्षा बलसँगको झडपमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बङ्गलादेश विश्वको सबैभन्दा ठूलो गार्मेन्ट निर्यातकर्ताहरूमध्ये एक हो, जहाँ कपडा उद्योगले देशको वार्षिक ५५ अर्ब डलरको निर्यातको ८५ प्रतिशत हिस्सा ओगटेको छ । तर, देशको ४० लाख कपडा कामदारहरूमध्ये धेरैको अवस्था दयनीय छ ।

प्रहरीका अनुसार देशको सबैभन्दा ठूलो औद्योगिक शहर गाजीपुरमा कम्तीमा १० हजार मजदुरले सिफ्ट छोडेर विरोध प्रदर्शन गरेका छन् भने अन्य सात हजारले आशुलिया र हेमायतपुर क्षेत्रमा विरोध प्रदर्शनमा सहभागी भएका छन् ।

आशुलिया गार्मेन्ट युनियनका नेता मोहम्मद इब्राहिमले एक लाखभन्दा बढी प्रदर्शनकारी रहेको भन्दै प्रहरीको तथ्याङ्कको खण्डन गरेका छन् ।

राजधानी ढाकाको उत्तरमा रहेको मेमनसिंह जाने राजमार्गमा भएको प्रहरी र आन्दोलनकारीबीचको झडपमा एक श्रमिकको मृत्यु भएको छ ।

उक्त स्थानमा कम्तीमा चार हजार मजदुर र प्रहरीबीच झडप भएको थियो । प्रदर्शनका क्रममा मजदूरले एउटा पिकअप ट्रकमा आगो लगाएको अधिकारीहरूले एएफपीलाई बताएका छन् भने उनीहरूले दिनभर सडक अवरुद्ध गरेका प्रहरीले पुष्टि गरेको छ ।

“झडपका क्रममा एक जना गार्मेन्ट मजदुर घाइते भएका र अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको छ,” गाजीपुरस्थित औद्योगिक प्रहरी एकाइका प्रमुख सरवर आलमले भन्नुभयो ।

उहाँले भन्नुभयो, “तिनीहरूले हाम्रा अधिकारीहरूमाथि ढुङ्गा र इट्टाले आक्रमण गरेका छन् भने झडपमा केही प्रहरी घाइते भएका छन् । मजदुरलाई तितरबितर पार्न हामीले अश्रुग्याँस र ध्वनि ग्रिनेडको सहारा लिनुपरेको थियो ।”

प्रहरीका अनुसार प्रदर्शनकारीले झ्याल फुटाउनुका साथै फर्निचरमा क्षति पु¥याउँदा कम्तीमा ४० उद्योगमा क्षति पुगेको छ ।

बङ्गलादेशको औद्योगिक क्षेत्रका प्रहरी प्रमुख महबुबुर रहमानले एएफपीसँग कुरा गर्दै अधिकारीहरूले विरोध प्रदर्शनलाई शान्तिपूर्ण रूपमा समाधान गर्न युनियनका नेताहरूसँग कुराकानी गरिरहेको बताएका छन् ।

बङ्गलादेशमा लगभग तीन हजार ५०० गार्मेन्ट कारखानाहरू छन्, जहाँ विश्वका केही ठूला खुद्रा बिक्रेता र ब्रान्डहरूका लागि कपडाहरू बनाइन्छन् । तर, त्यहाँ काम गर्ने श्रमिकको आधारभूत मासिक ज्याला औसत आठ हजार ३०० टाका (७५ अमेरिकी डलर) रहेको छ ।

देशको सबैभन्दा ठूलो कपडा उत्पादक सङ्घले नयाँ मासिक न्यूनतम आधारभूत ज्यालालाई २५ प्रतिशत वृद्धिको प्रस्ताव गरेपनि श्रमिकहरूले यसलाई तीन गुणा अर्थात् दुई हजार ३०० टाका (२०८ अमेरिकी डलर) पु¥्याउनुपर्ने माग गर्दै सप्ताहन्तमा विरोध प्रदर्शन सुरु गरेका हुन् ।

बङ्गलादेशमा प्रमुख विपक्षी दलहरूले प्रधानमन्त्री शेख हसिनाले देशमा मौलाएको भ्रष्टाचार तथा अनियमिततालाई रोक्न नसकेको र विरोधीहरूलाई बल प्रयोग गरी आफूले निर्वाचन जित्ने वातावरण बनाउन खोजेको भन्दै आन्दोलित भएका छन् । श्रमिक आन्दोलन र विपक्षी दलको आन्दोलन एकै समयमा हुनुलाई मजदूर नेताहरूले संयोग मात्र भएको बताएका छन् ।


प्रकाशित मिति: १३ कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?