Trending
>>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

कारोबार सुरु भएको दोस्रो दिन पनि सोनापुरको सेयर मूल्यमा नेगेटिभ सर्किट


काठमाडौं । सोनापुर मिनिरल्स एण्ड आयल सिमेन्टको सेयर नेप्सेमा सुचीकृत भएर कारोबार सुरु भएको दोस्रो दिन पनि नकारात्मक सर्किट लागेको छ । सोमबार प्रतिकित्ता ३१५ रुपैयाँबाट खुलेको कम्पनीको मूल्य १० प्रतिशत घटेर २८३ रुपैयाँ ५० पैसामा कायम भएको छ । २ असोजमा नेप्सेमा सुचीकृत भएको कम्पनीको सेयर दोस्रो बजारमा पहिलो कारोबारको लागि १४२ रुपैयाँ १ पैसादेखि ४२६ रुपैयाँ ३ पैसासम्म ओपनिङ रेञ्ज तोकिएको थियो । यसअघि पहिलो दिन आइतबार ३५० रुपैयाँबाट कारोबार खुलेको कम्पनीको मूल्य १० प्रतिशत नै घटेर ३१५ रुपैयाँमा झरेको थियो भने प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियमसहित प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ निष्कासन गरेको कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएको दुई दिन लगातार नकारात्मक सर्किट लागेको हो ।


प्रकाशित मिति: १३ कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?