Trending
>>   कुलमानको दाबीः राजनीतिक दलको सदस्यता लिएको छैन, जिम्मेवारीबाट विमुख हुन राजीनामा दिएको होइन >>   अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा >>   मैले अहिलेसम्म चुनावमा उठ्नेबारे कुनै निर्णय गरेको छैनः सञ्चारमन्त्री खरेल >>   निक्षेप बढ्दा कर्जाको ब्याजदर घट्यो >>   हामीलाई सभापति बन्नुछैन तर पार्टी ठिक ठाउँमा उभिनुपर्छः महामन्त्री थापा >>   झलनाथको प्रश्नः देश जलाउने अपराधी बाहिर राखेर कसरी चुनाव हुन्छ ? >>   बालेन, रवि, कुलमानले अझै २० वर्षसम्म चुनाव जित्नेवाला छैनन्: ओली >>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ?
Logo
२३ पुष २०८२, बुधबार
२३ पुष २०८२, बुधबार

कारोबार सुरु भएको दोस्रो दिन पनि सोनापुरको सेयर मूल्यमा नेगेटिभ सर्किट


काठमाडौं । सोनापुर मिनिरल्स एण्ड आयल सिमेन्टको सेयर नेप्सेमा सुचीकृत भएर कारोबार सुरु भएको दोस्रो दिन पनि नकारात्मक सर्किट लागेको छ । सोमबार प्रतिकित्ता ३१५ रुपैयाँबाट खुलेको कम्पनीको मूल्य १० प्रतिशत घटेर २८३ रुपैयाँ ५० पैसामा कायम भएको छ । २ असोजमा नेप्सेमा सुचीकृत भएको कम्पनीको सेयर दोस्रो बजारमा पहिलो कारोबारको लागि १४२ रुपैयाँ १ पैसादेखि ४२६ रुपैयाँ ३ पैसासम्म ओपनिङ रेञ्ज तोकिएको थियो । यसअघि पहिलो दिन आइतबार ३५० रुपैयाँबाट कारोबार खुलेको कम्पनीको मूल्य १० प्रतिशत नै घटेर ३१५ रुपैयाँमा झरेको थियो भने प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियमसहित प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ निष्कासन गरेको कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएको दुई दिन लगातार नकारात्मक सर्किट लागेको हो ।


प्रकाशित मिति: १३ कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?