Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

आज मिति २०८० साल कार्तिक १३ गते सोमवार,हेर्नुहोस आजको राशिफल


आज मिति २०८० साल कार्तिक १३ गते सोमवार ( oct 30, 2023 ) कार्तिक कृष्णपक्ष द्वितिय २३:३८ बजेसम्म त्यसपछी तृतीया

मेष – प्रतिस्पर्धीहरु परास्त हुनेछन् भने नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने पछिसम्म आम्दानी भइरहने व्यवसायमा लगानी गरी रोजगारीको अवसरहरु सिर्जना गर्न सकिनेछ ।

वृष – व्यापार व्यावसायमा नाफा कमाउन बढी नै सङ्घर्ष गर्नुपर्ला । यात्रा गर्दा ख्याल गर्नुहोला झन्झटिलो तथा कष्टपूर्ण हुनसक्छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा उपचार खर्च बढ्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परिने हुँदा मनमा अशान्तिले गतिलो डेरा जमाउनेछ ।

मिथुन – आफन्त तथा कुटुम्बसँगको सम्बन्ध सुमधुर भएर जानेछ । सामाजिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने बोलीको प्रभाव बढ्ने तथा महत्त्वपूर्ण कामहरु आज नै फत्ते गर्नु उचित हुनेछ ।

कर्कट – वादविवाद तथा मुद्दा मामिलामा सहभागी नहुनुहोला नकरात्मक नतिजा आउनेछ । सकसपूर्ण तथा झन्झटिलो यात्रा हुनेछ । व्यापार व्यावसायमा सन्तोषजनक प्रगति हुनेछ । सामान्य स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा काम गर्न असजिलो महसुस हुनेछ ।

सिंह – राम्रा तथा सामाजिक काम गरी अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठूलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होइनेछ । थोरै स्रोत साधन प्रयोग गरी असीमित आवश्यकता पूरा गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहानेहरुका लागि दिनले साथ दिने हुँदा मीठामीठा कुरा गरी समय व्यतित गर्न सकिनेछ ।

कन्या – काम गर्दा ख्याल गर्नुहोला, सुरु गरेका कामहरु बिग्रने तथा आर्थिक भार पर्नेछ । व्यापारमा लगानी गरे पनि आम्दानी नहुने हुनाले दैनिक गुजार ऋण लिएर चलाउनुपर्ने बाध्यता आउनेछ । प्रणयसम्बन्धमा चिसोपनको सुरुवात हुनेछ भने जीवनसाथीको सहयोग नपाउँदा काम थाँती रहनेछन् ।

तुला – समस्याका खाडलहरु पुर्न अथक प्रयास गर्दा गर्दै विफल हुनुपर्दा तनाव बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ भने दैनिकी प्रभावित हुनेछ । विशेष गरी चेलीले माईतीसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला, मनमुटावको स्थिती सिर्जना नहोला भन्न सकिन्न ।

बृश्चिक – अस्वभाविक खर्च बढ्ने हुँदा मन चिन्तित रहनेछ । शारीरिकक कष्ट तथा आँखामा समस्या देखिन सक्छ । मान सम्मान तथा इज्जत प्रतिष्ठा गुम्ने खतरा रहेको छ सजक रहनुहोला । व्यापार व्यवसायमा नाफा कमाउन निकै नै संघर्ष गर्नुपर्ला । वैदेशिक क्षेत्रसँग सम्बन्धित व्यवसाय भने फस्टाएर जानेछ ।

धनु – लामो समयदेखि थाँती रहेको आर्थिक मुद्दा हल भएर जानेछन् । लामो दूरीको विदेश यात्राको सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्य रुपैया पैसा कमाउन सक्नेछन् । स्वदेश तथा विदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ ।

मकर – रुपैयाँ पैसा कमाउने काममा सहभागी हुन सकिनेछ । व्यवसायमा प्रशस्त आम्दानी हुने तथा आम्दानीका स्रोतहरु बढेर जानेछ । पैत्रिक धन सम्पत्ति हात लाग्ने योग रहेको छ । दाजुभाइबाट भने जस्तो सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ ।

कुम्भ – समस्याका खाडलहरु पुर्न अथक प्रयास गर्दा गर्दै विफल हुनुपर्दा तनाव बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ भने दैनिकी प्रभावित हुनेछ । विशेष गरी चेलीले माईतीसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला, मनमुटावको स्थिती सिर्जना नहोला भन्न सकिन्न ।

मीन – व्यापार व्यवसाय फस्टाएर जाने हुनाले मनग्गे धन सम्पत्ती जोड्न सकिनेछ । विलासी तथा भौतिक सम्पत्तिको प्रयोग गर्न पाइने हुनाले अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीबीच विश्वासको वातावरण मजबुत हुने।

 


प्रकाशित मिति: १३ कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?