Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

राप्रपाद्वारा समर्थन फिर्ता


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष राप्रपाका प्रदेशसभा सदस्य सन्तोषी शाहीले आज लिखित पत्र बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउनुभयो ।

सङ्घीय सरकारमा रहेको राप्रपाले आफ्नो समर्थन फिर्ता लिएसँगै केन्द्रले पठाएको निर्णयअनुसार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “परिवर्तित राजनीतिक परिवेशमा राप्रपा सत्तामा रहिरहनु उपयुक्त नहुने केन्द्र पार्टीले निर्णय गरेको छ ।

त्यही निर्णय मुताविक राप्रपाले देशभरि प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ ।” चालीस सदस्य रहेको कर्णाली प्रदेशसभामा राप्रपाको एक सिट मात्र रहेको छ ।


प्रकाशित मिति: १८ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?