Trending
>>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

वास्तु शास्त्र आधुनिक इन्जिनीयरिङमा समावेश गरिने


११ ,कात्तिक ,काठमाडौं । वास्तु शास्त्रको ज्ञान आधुनिक इन्जिनीयरिङमा समावेश गरी अध्यापन गराइने भएको छ । नेपाल संस्कृत विश्विद्यालयमा वास्तु शास्त्रका विषय समावेश गरेर आधुनिक इन्जिनीयरिङमा स्नातक तहको अध्यापन गर्न लागिएको हो ।

आधुनिक इन्जिनीयरिङमा प्राचीन स्थापत्य विधा समावेश गरेर अध्ययन, अनुसन्धान गराउन लागिएको हो । यसका लागि विश्वविद्यालयले स्थापत्य अध्ययन संस्थान नै स्थापना गरेको छ ।

विश्वविद्यालय प्राज्ञिक परिषद्ले हालै यस विषयको पाठ्यक्रम स्वीकृत गरेको संस्थानका डीन वीरेन्द्र खड्काले जानकारी दिए । यसका लागि विश्वविद्यालयले विगत तीन वर्षदेखि बजेट विनियोजन गर्दै आएको छ । यस वर्ष पनि यस कार्यक्रमलाई रु चार करोड बजेट विनियोजन गरिएको उनले सुनाए ।

विज्ञान विषय लिएर दश जोड दुई उत्तीर्ण गरेकाले यस विषयमा अध्ययन गर्न पाउने छन् । आगामी शैक्षिक सत्रदेखि काठमाडौँमा रहेको विश्विद्यालयको आङ्गिक क्याम्पस वाल्मीकि विद्यापीठमा अध्यापन गराउने गरी तयारी भएको छ ।

विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको दाङमा वास्तु शास्त्रसम्मत भवनको निर्माण गरी वास्तुसम्बन्धी अध्ययन अध्यापनका लागि विस्तार गर्ने योजना रहेको छ । वास्तुको अध्यापनका लागि भौतिक संरचना निर्माणलाई पनि विश्वविद्यालयले प्राथमिकता दिने भएको छ ।

स्थापत्य वेद चार उपवेदमध्येको एक हो । प्राचीन कालमा यसैका आधारमा पशुपतिनाथलगायत मन्दिरको निर्माण भएको थियो । हाँडीगाउँ क्षेत्रका मठ मन्दिर पनि वास्तु नियमलाई पालना गरेर निर्माण गरिएको हो ।

प्छिल्लो समय वास्तुका नियम बिर्सन लागेकाले विश्वविद्यालयमा औपचारिक अध्ययन अध्यापन गरी यसको संरक्षण र प्रवद्र्धनमा काम गर्न लागिएको डीन खड्काले जानकारी दिए । पश्चिमी देशका मानिस पछिल्लो समय वास्तुका नियममा बढी आकर्षित भएका छन् ।

विश्वविद्यालयले हालै अमेरिकाको महर्षि विश्वविद्यालयसँग सम्झौता गरी नेपालमा वास्तुको अध्ययन, अनुसन्धानमा सहकार्य गर्ने बाटो खोलेको छ । नेपाल महर्षि वैदिक फाउन्डेसनको संयोजनमा यो सम्झौता भएको विश्वविद्यालयले जनाएको छ ।


प्रकाशित मिति: ११ कार्तिक २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?