Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

भत्ता दिन घरमै जनप्रतिनिधि


८ ,कात्तिक ,भरतपुर । चितवनको इच्छाकामना गाउँपालिकामा घरघरमै पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीसहितको जनप्रतिनिधि र कर्मचारीको टोलीले आफ्नो वडाका सम्पूर्ण लाभग्राहीको घरघरमै पुगेर सामाजिक सुरक्षा वितरण गरेको हो ।

दसैँको समयमा सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यले घरघरमै पुगेर सेवा प्रदान गरेको वडाध्यक्ष उप्रेतीले बताए । वडा कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिकको सामाजिक सुरक्षा घरमै पुगेर लाभग्राहीलाई प्रदान गरिएको उनले जानकारी दिए ।

भूगोलका कारण वृद्ध बाआमालाई हिँडेर बैंकसम्म पुग्न समस्या हुने भएका कारण वडा कार्यालयले सहजीकरण गर्दै वडाको माथिल्लो क्षेत्र स्याक्लाङ, पातिघारी, बाझगाउँ, कमलाबारी, कुरनभित्ता, बेलडाँडा, सोतागाउँलगायत स्थानका घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडाध्यक्ष उप्रेतीको भनाइ थियो ।

पछिल्लो समय सरकारको निर्देशानुसार स्थानीय तहले अनिवार्यरुपमा सामाजिक सुरक्षा भत्ता लाभग्राहीको अनिवार्य बैंकमा खाता खोली बैंकबाट वितरण गर्नुपर्ने हुदा सेवाग्राहीलाई असहज पैदा भएकाले कतिपय स्थानीय सरकार र वडा कार्यालयले बैंकसँग सहकार्य गर्दै बैंकको कर्मचारी सहित गाउँघरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएका छन् ।

सामाजिक सुरक्षा भत्ता वितरणका लागि आफूसहित वडासदस्यलाई समेत परिचालन गरिएको वडाध्यक्ष उप्रेतीले बताए । “दसैँका लागि मात्रै हामीले भत्ता घरमा पु¥याउन लागेका होइनौँ”, उनले भने, “मैले सुरुदेखि नै सामाजिक सुरक्षा भत्ता घरघरमा पुर्याउँदै आएको छु । हामी वडाका सबै जनप्रतिनिधि मिलेर सामाजिक सुरक्षा भत्ता घरमै लगेर दिन्छौँ ।”

वडा कार्यालयबाट घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता दिँदा लाभग्राहीसमेत खुसी भएका छन् ।


प्रकाशित मिति: ८ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?