काठमाडौंः नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले राष्ट्रपतिका लागि ८ दलका साझा उम्मेद्वार रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा समसामयिक विषयमा विचार विमर्श र छलफल भएको बताए ।
प्रकाशित मिति: १७ फाल्गुन २०७९, बुधबार