Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानु पर्दछः प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानु पर्ने बताउनुभएको छ । आज अपरान्ह अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) का महानिर्देशक डा. ब्रुनो ओबेरल सहितको एक प्रतिनिधि मण्डलसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले आइयुसिएनसँगको साझेदारी लामो समयदेखि हुँदै आएको उल्लेख गर्दै प्राकृतिक साधनस्रोतको व्यवस्थापनबाट जनसमुदायको आर्थिक उत्थानका क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । आइयुसिएनका महानिर्देशक ओबेरलले नेपालको जैविक विविधता र वातावरण संरक्षणमा खेलेको भूमिकाको प्रसंशा गर्दै नेपालसँगको साझेदारीमा भएका कार्यहरुप्रति सन्तोष व्यक्त गर्नुभयो । नेपाल सन् १९७४ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन)को सदस्य राष्ट्र रहेको छ ।


प्रकाशित मिति: १७ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?