Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

झापा र उदयपुरबाट लागूऔषध सहित ६ जनालाई पक्राउ


विराटनगर । प्रहरीले झापा र उदयपुरबाट लागूऔषध सहित ६ जनालाई पक्राउ गरेको छ । उदयपुरको कटारी नगरपालिका ६ देउलीकुनाबाट ब्राउन सुगर र गाँजा सहित ३८ किलो लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पक्राउ पर्नेमा खोटाङ घर भइ हाल उदयपुर ताप्ली गाउँपालिका १ का ३२ वर्षीय गणेश बहादुर मगर र ३३ वर्षीय वीर बहादुर मगर रहेका छन् । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

त्यस्तै झापाको दमक नगरपालिका ५ सुकुम्वासी टोलबाट पनि लागूऔषध ब्राउन सुगरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २४ वर्षीय समीर गजमेर, २४ वर्षीय रोशन माझी, सोही स्थान ६ का २९ वर्षीय रोशन बुढाथोकी र इलाम चुलाचुली गाउँपालिका ४ का २३ वर्षीय सागर लिम्बु रहेका छन् । समीर गजमेरको घरमा ब्राउन सुगरको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ब्राउन सुगर ३ ग्रामसहित पक्राउ गरेको छ ।


प्रकाशित मिति: ३ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?