Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

दसैँमा समेत सुनसान छन् वीरगन्जका पसल


२ ,कात्तिक ,पर्सा । बडादसैँ आएसँगै वीरगन्ज बजारमा व्यक्तिको चहलपहल बढेको छ । देशकै आर्थिक राजधानी वीरगन्जमा व्यक्तिको चहलपहल बढेपनि यहाँ सञ्चालित सबै पसल प्रायः सुनसान नै देखिन्छन् ।

सीमावर्ती भारतीय सहर रक्सौलबाट सहजै खरिद गरिएका लत्ताकपडा, खाद्यान्न तथा इलेक्ट्रिक, इलोट्रोनिक्सका सामान सहजै नेपाल भित्रिन थालेपछि वीरगन्जको खुद्रा कारोबार घट्दै गएको व्यापारी बताउँछन् ।

भन्सारमा लाग्ने करले गर्दा वीरगन्जको तुलनामा रक्सौल बजारमा केही वस्तुको मूल्य सस्तो छ । सस्तो भएकाले यहाँका ग्राहक रक्सौल बजारबाटै सामान खरिद गर्छन् ।

वीरगन्ज बजारको कारोबार घट्दै गएको विद्युतीय खुद्रा कारोबारी दीपक सर्राफको भनाइ छ । उहाँले व्यापारको यस्तै अवस्था रहे छठपर्वपछि वीरगन्जका आधी पसल बन्द हुने बताए ।

गत वर्षको दसैँभन्दा यसपालिको दसैँमा कारोबार अत्यन्त कम भएको कपडा व्यापारी पङ्कज रौनियारले सुनाए ।दसैँतिहारका बेला सबैभन्दा बढी खरिद बिक्री हुने टिभी, फ्रिज, वासिङ मेसिनजस्ता इलोट्रोनिक्सका सामानको कारोबार गत वर्षको तुलनामा यस वर्ष ७० प्रतिशतले घटेको खुद्रा व्यापारी विकासकुमार अग्रवालले जानकारी दिए । उनले दिनप्रतिदिन खस्किँदै गएको खुद्रा कारोबारलाई जोगाउन सरकारले आर्थिक नीतिमा सुधार ल्याउन जरुरी रहेको बताए ।

कोरोना महामारीका कारण थलापरेको नेपाली अर्थतन्त्र राम्ररी तङ्ग्रिन नपाउँदै आएको आर्थिक मन्दीले समग्र नेपाली अर्थतन्त्र नै अप्ठ्यारोमा परेको बेला नेपाली अर्थतन्त्रलाई सही दिशातर्फ डोहोर्याउन सरकारले गम्भीरतापूर्वक पहलकदमी लिनुपर्ने व्यापारी बताउँछन् ।


प्रकाशित मिति: २ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?