Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

शैक्षिक सामग्री वितरण


सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा शैक्षिक सामग्रीसहितको झोला वितरण गरिएको छ । एक गैरससरकारी संस्थाको सहयोगमा करिब ६ हजार बालबालिकालाई आवश्यक शैक्षिक सामग्रीसहितको स्कुल झोला वितरण गरिएको हो । शैक्षिक गुणस्तरमा सुधार ल्याउन र सबैको शिक्षामा समान पहुँचका लागि सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका २९ सामुदायिक विद्यालयका ६ हजार विद्यार्थीलाई शैक्षिक सामग्रीसहित झोला वितरण गरिएको हो ।

परियोजनाको रु एक करोड १८ लाख लगानीमा उक्त सामग्री वितरण गरिएको ‘रुडुक’ डडेल्धुराका कार्यकारी निर्देशक अमर साउदले जानकारी दिनुभयो । ग्रामीण महिला विकास तथा एकता केन्द्र रुडुक र चाइना फाउन्डेसनसँगको साझेदारीमा सञ्चालित परियोजना अन्तर्गत उक्त सामग्री वितरण गरिएको कार्यकारी निर्देशक साउदले जनाकारी दिनुभयो । स्कुलझोला विद्यालयमा अध्ययनरत छात्रछात्रालाई पठनपाठनलाई आवश्यक, स्वास्थ्य तथा व्यक्तिगत सरसफाइ र दिवाखाजालाई आवश्यक गरी २० वटा सामग्रीको प्याकेज रहेको छ ।

डडेल्धुरा, कैलाली र कञ्चनपुरका २९ आधारभूत र माध्यमिक सामुदायिक विद्यालयका ६ हजार छात्र छात्रालाई ती सामग्री वितरण गरिएको परियोजनाले जनाएको छ । डडेल्धुराका अमरगढी र परशुराम नगरपाकिाका १४ सामुदायिक विद्यालयका २२ सय ९९, कैलालीको धनगढी उपमहानगरपालिका अन्तर्गतका आठ सामुदायिक विद्यालयका २२ सय ४६ र कञ्चनपुरका कृष्णपुर र बेल्डाडी नगरपालिकाका ७ वटा सामुदायिक विद्यालयका १४ सय ५५ बालबालिकालाई ती सामग्री वितरण गरिएको हो ।


प्रकाशित मिति: १७ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?