Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

शैक्षिक सामग्री वितरण


सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा शैक्षिक सामग्रीसहितको झोला वितरण गरिएको छ । एक गैरससरकारी संस्थाको सहयोगमा करिब ६ हजार बालबालिकालाई आवश्यक शैक्षिक सामग्रीसहितको स्कुल झोला वितरण गरिएको हो । शैक्षिक गुणस्तरमा सुधार ल्याउन र सबैको शिक्षामा समान पहुँचका लागि सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका २९ सामुदायिक विद्यालयका ६ हजार विद्यार्थीलाई शैक्षिक सामग्रीसहित झोला वितरण गरिएको हो ।

परियोजनाको रु एक करोड १८ लाख लगानीमा उक्त सामग्री वितरण गरिएको ‘रुडुक’ डडेल्धुराका कार्यकारी निर्देशक अमर साउदले जानकारी दिनुभयो । ग्रामीण महिला विकास तथा एकता केन्द्र रुडुक र चाइना फाउन्डेसनसँगको साझेदारीमा सञ्चालित परियोजना अन्तर्गत उक्त सामग्री वितरण गरिएको कार्यकारी निर्देशक साउदले जनाकारी दिनुभयो । स्कुलझोला विद्यालयमा अध्ययनरत छात्रछात्रालाई पठनपाठनलाई आवश्यक, स्वास्थ्य तथा व्यक्तिगत सरसफाइ र दिवाखाजालाई आवश्यक गरी २० वटा सामग्रीको प्याकेज रहेको छ ।

डडेल्धुरा, कैलाली र कञ्चनपुरका २९ आधारभूत र माध्यमिक सामुदायिक विद्यालयका ६ हजार छात्र छात्रालाई ती सामग्री वितरण गरिएको परियोजनाले जनाएको छ । डडेल्धुराका अमरगढी र परशुराम नगरपाकिाका १४ सामुदायिक विद्यालयका २२ सय ९९, कैलालीको धनगढी उपमहानगरपालिका अन्तर्गतका आठ सामुदायिक विद्यालयका २२ सय ४६ र कञ्चनपुरका कृष्णपुर र बेल्डाडी नगरपालिकाका ७ वटा सामुदायिक विद्यालयका १४ सय ५५ बालबालिकालाई ती सामग्री वितरण गरिएको हो ।


प्रकाशित मिति: १७ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?