Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

सुपारीको उचित मूल्य नपाएको किसानको गुनासो


झापा । कोशी प्रदेशका किसानले विदेशी सुपारीका कारण स्वदेशी सुपारीले उचित मूल्य नपाएको गुनासो गरेका छन् । झापा, इलाम, मोरङ, उदयपुर र सुनसारी जिल्लाका सुपारी किसानले सरकारले निर्यातलाई भन्दा आयातलाई प्राथमिकतामा राखेकाले स्वदेशी सुपारीले उचित मूल्य नपाएको आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् । नेपालको सुपारी खेती किसान पहल समितिका संयोजक गीताप्रसाद अधिकारीले किसानले उत्पादन गरेको सुपारी सोझै तेस्रोमूलुक निर्यात गर्न पाउनुपर्ने बताउदै उनले नेपालमा सुपारी खेतीको विस्तारमा सरकारले चासो देखाए पनि निर्यातलाई सहज नबनाउँदा किसान समस्यामा परेको समेत बताएका छन् ।

अर्जुनधारा नगरपालिकामा विगत ३० वर्षदेखि सुपारी व्यावसाय गर्दै आउनुभएका सरेन्द्र साहले विलौचियामार्फत स्थानीयस्तारमा उत्पादित राम्रो सुपारी भारत जाने र भारतको नराम्रो, कुहिएको सुपारी उनीहरुमार्फत नेपाल आउँदासम्म पनि सरकारले बेवास्ता गरेको र सुपारी किसानको नाममा विभिन्न संस्था खोलेर विचौलिया हाबी हुँद किसान मर्कामा परेका उनको भनाइ रहेको थियो ।
झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा चार हजार ५४ हेक्टरमा सुपारीको व्यावसायिक खेती हुँदै आएको छ ।


प्रकाशित मिति: २ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?