Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

हङकङले नेपाललाई जितका लागि ९५ रनको लक्ष्य दियो


काठमाडौं। त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा हङकङले नेपाललाई जितका लागि ९५ रनको लक्ष्य दिएको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङ १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनमा समेटियो । हङकङका लागि यासिम मुर्ताजा सर्वाधिक ३६ बनाए । कुशल मल्ल र श्याम ढकाल (मौसम) ले समान एक/एक विकेट लिए । हिजो भएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेको थियो । त्यस्तै जिशन अलीले १७ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । हङकङलाई ९४ रनमा समेट्ने क्रममा नेपालका करण केसीले चार विकेट लिए भने, अविनाश बोहरा र सोमपाल कामीले समान दुईरदुई विकेट लिए ।

 


प्रकाशित मिति: २ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?