Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

राष्ट्रपति रनिङ शिल्डको उपाधि सिस्नेलाई


यहाँ सञ्चालन गरिएको १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि सिस्ने गाउँपालिकाले हात पारेको छ । पुथा उत्तरगङ्गा गाउँपालिका–१० तकमा यही फागुन १४ देखि १६ गतेसम्म सञ्चालन गरिएको जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकालाई पछि पार्दै सिस्ने गाउँपालिकाले शिल्ड हात पारेको हो ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा १० स्वर्णसहित सिस्ने प्रथम भएको हो । विभिन्न २४ विधामा प्रतियोगिता भएको थियो । त्यसैगरी नौ स्वर्णसहित भूमे गाउँपालिका दोस्रो र पाँच स्वर्णसहित पुथा उत्तरगङ्गा गाउँपालिका तेस्रो भएको खेलकुद विकास समितिले जनाएको छ ।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ महेन्द्र मावि तकसेरामा प्रतियोगिता सञ्चालन गरिएको थियो ।


प्रकाशित मिति: १७ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?