Trending
>>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा >>   संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे >>   देशको सामु धेरै ठूला चुनौतिहरु खडा भएका छन्ः राष्ट्रिय सभा अध्यक्ष दाहाल >>   वैदेशिक रोजगार पलायन होइनः श्रम सचिव डा. पुस्कर >>   कालोसूचिका प्रावधानमा रिभ्यु गर्दैछौँ, भ्रष्टाचार भएको भए क्षम्य हुँदैनः गभर्नर पौडेल >>   १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने >>   मानव अधिकार महाभेला सोमवारदेखि >>   सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि >>   १३ औं एनएसए कप पौडीमा आर्मी च्याम्पियन
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

राष्ट्रपति रनिङ शिल्डको उपाधि सिस्नेलाई


यहाँ सञ्चालन गरिएको १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि सिस्ने गाउँपालिकाले हात पारेको छ । पुथा उत्तरगङ्गा गाउँपालिका–१० तकमा यही फागुन १४ देखि १६ गतेसम्म सञ्चालन गरिएको जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकालाई पछि पार्दै सिस्ने गाउँपालिकाले शिल्ड हात पारेको हो ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा १० स्वर्णसहित सिस्ने प्रथम भएको हो । विभिन्न २४ विधामा प्रतियोगिता भएको थियो । त्यसैगरी नौ स्वर्णसहित भूमे गाउँपालिका दोस्रो र पाँच स्वर्णसहित पुथा उत्तरगङ्गा गाउँपालिका तेस्रो भएको खेलकुद विकास समितिले जनाएको छ ।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ महेन्द्र मावि तकसेरामा प्रतियोगिता सञ्चालन गरिएको थियो ।


प्रकाशित मिति: १७ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?