Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२५ पुष २०८२, शुक्रबार
२५ पुष २०८२, शुक्रबार

चुरे विनाश रोक्नुपर्छ : प्रथम राष्ट्रपति डा यादव


२ ,कात्तिक ,राजविराज (सप्तरी) । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले तराई मधेसलाई समृद्ध बनाउन चुरे विनाश रोकनुपर्ने बताएका छन् ।

सप्तरीको राजविराजमा हिजो कर्मवीर योद्धा खुशीलाल मण्डलको नागरिक अभिनन्दन समारोहमा उहाँले तराई मधेस मरुभूमि हुनबाट जोगाउन चुरे जङ्गल विनाशलाई रोक्नु आवश्यक रहेको बताएक हुन् ।

नेपालको तराई मधेसमा धेरै अन्न फल्ने भएकाले यहाँ नदि नाला र सिँचाइ सुविधा पुगेमा समृद्ध नेपाल बन्न सक्ने बताउँदै उहाँले जलवायु परिर्वतन र वातावरण अनुकुलताका कारण अहिले तराईमा पानीको सतह घट्दै गएको बताए ।

दैनिक चुरे विनाशले गर्दा ठाउँ–ठाउँमा पानीको अभाव देखिएका कारण चुरे जोगाउन सबै नागरिक सचेत बन्नुपर्नेमा डा यादवको जोड थियो । “चार दशकअघिसम्म अन्न धान, चामल निर्यात गर्ने अवस्थामा हामी थियौँ, गरिब समुदायका मानिसले पनि पर्याप्त माछा खान पाउँथे, सागसब्जीको अभाव थिएन”, उनले भने ।

संविधानसभाबाट नयाँ संविधान बन्नु, समानुपातिक समावेशिताको ग्यारेन्टी हुनु ठूलो उपलब्धि रहे पनि त्यसअनुसारको सुधार आउन अझै बाँकी नै रहेको डा यादवलले बताए ।

तराई–मधेसमा व्याप्त दाइजो प्रथा, आवश्यकभन्दा अनावश्यक कुरामा बढी खर्च गर्ने प्रवृत्ति अझै कायम रहेको भन्दै उहाँले चिन्ता व्यक्त गरे । कार्यक्रममा डा यादवले अभिनन्दित व्यक्तित्व खुशीलाल मण्डल र आफू प्रजातन्त्रका लागि सँगसँगै काम गरेको स्मरण गरे ।

पूर्वनिर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आयोजित अभिनन्दन कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुङ्गानाले अभिनन्दित मण्डलमा विश्लेषण गर्ने अद्भूत क्षमता रहेको बताए । मण्डल लोकतन्त्रप्रति समर्पित योद्धा हुनुभएकाले उहाँको सम्मान सार्थक रहेकामा कार्यक्रमका वक्ताको एकमत थियोे ।


प्रकाशित मिति: २ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?